सिद्धबाबामा सुरुङ बनाउन १० अर्ब निकासा « Eglish Khabarhub

सिद्धबाबामा सुरुङ बनाउन १० अर्ब निकासा



काठमाडौं । बुटवल–पाल्पा सडक खण्डमा पर्ने सिद्धबाबामा सुरुङ निर्माण गर्न अर्थमन्त्रालयबाट १० अर्ब बजेट स्वीकृत भएको छ ।

मंसिर १ को मन्त्रिपरिषदको बैठकले १० अर्ब १५ करोडद रुपैयाँ स्वीकृत गरेको हो ।

सिद्धबाबा सडक खण्डमा सुरुङ मार्ग निर्माण गर्न डिजाइन र बिल्ड मोडालिटीमा निर्माण गर्न भनिएको छ ।

राष्ट्रिय योजना आयोगबाट स्वीकृत बहुवर्षिय ठेक्का मापदण्ड, २०७६ बमोजिम प्रक्रिया पूरा गरी डीपीआर बमोजिम हुने गरी डिजाइन, निर्माण तथा सञ्चालन र मर्मत गर्ने कार्यमा प्राविधिक सेवाको सुनिश्चितता गर्न समेत भनिएको छ ।

साथै बजेट प्रत्येक वर्ष खर्च हुने अनुमानित रकम मध्यकालि खर्च संरचनामा समावेश गरी सोही बमोजिम वार्षिक बजेटमा प्रस्ताव गर्ने गरी उक्त बजेटको सीमाभित्र रही प्रचलित कानून बमोजिम बहुवर्षिय ठेक्काको माध्यमबाट निर्माणको खरिद प्रक्रिया अगाडि बढाउन सहमति दिएको अर्थमन्त्रालयले पठाएको पत्रमा उल्लेख छ ।

Publish on: