सस्तो ब्याजदरमा ऋण दिन राष्ट्र बैंकले दियो १४ अर्ब ६२ करोड पुनःकर्जा « Eglish Khabarhub

सस्तो ब्याजदरमा ऋण दिन राष्ट्र बैंकले दियो १४ अर्ब ६२ करोड पुनःकर्जा



काठमाडौं । नेपाल राष्ट्र बैंकले असोज मसान्तसम्म १४ अर्ब ६२ करोड रुपैयाँ पुनरकर्जाको रुपमा लगानी गरेको छ । उत्पादनशील गतिविधि तथा निर्यातलाई प्रोत्साहित गर्ने उद्देश्यले राष्ट्र बैंकबाट सहुलियतदरमा प्रदान गरिँदै आएको पुनरकर्जामध्ये १२ अर्ब १० करोड रुपैयाँ साधारण पुनःकर्जा रहेको छ भने निर्यात पुनरकर्जामा ५० करोड २८ लाख उपयोग भएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण अनुसार बैंक तथा वित्तीय संस्थालाई भूकम्प पीडितलाई आवासीय घर निर्माणको लागि सहुलियतपूर्ण कर्जा प्रदान गर्न उपलब्ध गराइएको पुनरकर्जाको बक्यौता २०७६ असोज मसान्तमा २ अर्ब १ करोड रुपैयाँ रहेको छ । उक्त कर्जा १ हजार ५७८ जना ऋणीले उपयोग गरेका छन् ।

यसैगरि असोज मसान्तसम्ममा कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा अन्तर्गत १८ हजार ८०५ जना ऋणीको ३८ अर्ब २० करोड कर्जा बक्यौता रहेको छ । साथै सहुलियतपूर्ण कर्जाका अन्य शिर्षक अन्तर्गत प्रवाह भएको कर्जामध्ये १ हजार ८५४ जना ऋणीको १ अर्ब १० करोड रुपैयाँ कर्जा बक्यौता रहेको छ ।

Publish on: