काठमाडौं । जीवन बीमा आफ्नो भविष्यको सुरक्षाको लागि गरिन्छ । बचत पनि हुने र सुरक्षा पनि हुने भएकाले मान्छेहरु बीमा गर्छन् ।
त्यही सोचमा मानिसहरु जिन्दगीमा कमाएको ठूलो रकम जीवन बीमाको पोलिसी किन्नको लागि खरिद गर्छन् ।
तर, जीवन बीमा रकमको भुक्तानी पाउनको लागि भने एउटा परिवारले निकै नै दुःखदायी घटना भोग्नु परेको छ ।
घटना दक्षिण अफ्रिकाको हो ।
दक्षिण अफ्रिकाको एउटा परिवार मृत्युपछिको दाबी भुुक्तानी लिन मृतकको लाश लिएर बीमा कम्पनीको कार्यालयसम्म पुग्नुपर्यो ।
४६ वर्षका सिफिसो जस्टिस म्हेल्गोको ७ नोबेम्बरमा मृत्यु भयो । उनका परिवारका सदस्य बीमा रकम लिनको लागि बीमा कम्पनीको कार्यालय पुगेको निकै पीडादायी भिडियोसहितको समाचार डेली मेल अनलाइनले समाचार लेखेको छ ।
बीमा कम्पनीले दाबी भुक्तानी गर्नको लागि अस्विकार गर्छ । बीमा कम्पनीले बीमितिको मृत्यु नभएको दाबी गर्छ ।
त्यसपछि सिफसोका परिवारका सदस्यले सिफिसोको लाशलाई नै लिएर बीमा कार्यालय पुग्छन् । बीमा कम्पनीले कागजी प्रक्रियाको नाममा दाबी भुक्तानी गर्नको लागि ९ दिन ढिलाई गरेको हुन्छ । जसको कारण मृतकका परिवारले ९ दिनसम्म लाशलाई राख्नुपर्ने हुन्छ ।
सामाजिक संजालमा अत्याधिक आलोचना भएपछि बीमा कम्पनी ‘ओल्ड म्युचुअल’ले माफी मागेको छ । र, अहिले दाबी भुक्तानी भइसकेको कम्पनीले जनाएको छ ।
नेपालमा पनि कहीलेकाहीँ बीमा कम्पनीले दाबी भुक्तानी दिन अटेर गरेको भन्ने समाचारहरु नसुनिएका भने होइनन् । तर, अफ्रिकामा भएको जस्तो घटना भने अहिलेसम्म भएको छैन ।
मृतकका आफन्तले १७ हजार पाउण्ड अर्थात् २२ लाख रुपैयाँ नेपाली बराबरको दाबी भुक्तानी पाएका छन् ।
SHARE YOUR THOUGHTS