काठमाडौं । धितोपत्र बोर्डको नयाँ अध्यक्ष चयनको लागि कार्यविधि बनाएको छ । अर्थ मन्त्रालयले बोर्डको अध्यक्षको नियुक्तीका सिफारिस सम्बन्धी कार्यविधि–२०७६ जारी गरेको हो ।
बोर्डको अध्यक्ष बन्न योग्य व्यक्तिले कार्यविधि लागू भएको १५ दिनभित्र आवेदन दिनुपर्ने व्यवस्था छ ।
बोर्डको अध्यक्ष बन्नको लागि मान्यताप्राप्त विश्वविद्यालयबाट स्नातकोत्तर उपाधि हासिल गरी धितोपत्र वजार, व्यवस्थापन, पुँजीबजार विकास, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानून क्षेत्रमा कम्तिामा ७ वर्ष काम गरेको लब्ध प्रतिष्ठित व्यक्ति हुनुपर्ने उल्लेख छ ।
अध्यक्ष बन्नका गैर नेपाली नागरिक हुन नहुने, विदेशी मुलुकमा स्थानीय आवासीय अनुमित नपाएको हुनपर्ने, भ्रष्टाचार, सम्पत्ति शुद्धिकरण, मानन बेचबिखनमा संलग्न नभएको, लागू औषध करोबारी नभएको, फौजदारी कसुरमा सजाय नपाएको, कालोसूचीमा नपरेको, परेको भए कालोसूचीबाट हटेको ३ वर्ष पूरा भएको हुनुपर्ने व्यवस्था रहेको छ ।
अध्यक्ष बन्नको लागि ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्छ ।
बोर्डको अध्यक्ष नियुक्तका लागि राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुँयालको संयोजकत्वमा ३ सदस्यीय कार्यदल बनेको छ । उक्त कार्यदलले यो कार्यविधि तयार पारेको छ ।
फुँयालको संयोजकत्वमा गठित समितिमा अर्थ मन्त्रालयका राजस्व सचिव शिशिरकुमार ढुंगाना र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका अध्यक्ष कृष्णप्रसाद आचार्य छन् ।
SHARE YOUR THOUGHTS