काठमाडौं । चाडपर्वलाई लक्षित गरी सि.जीले ल्याएको “सि.जी संग उत्साह उमंग थाइल्याण्ड जाउ परिवार संग” नामक स्किमको दोस्रो चरणको लक्की–ड्र सम्पन्न भएको छ ।
सि.जि.को आधिकारिक फेसबुक पेज मार्फत प्रत्यक्ष प्रसारण गरी उक्त स्किमको विजेता घोषणा गरिएको हो । भदौ २० गते देखि लागु गरीएको यो योजनामा सि.जि ब्राण्डको प्रत्येक होम अप्लायन्सको खरिदमा थुप्रै आकर्षक उपहारहरु राखिएको थियो ।
मंसिर ६ गते गरिएको लक्की–ड्रमा पोखराका सत्यराज कँडेल, धादिङका छन्द बहादुर शेन र रुपन्देहिका धनपति न्यौपाने गरी ३ भाग्यशाली जोडीहरुले थाइल्याण्ड जाने अवसर प्राप्त गरेका छन् ।
SHARE YOUR THOUGHTS