प्राइम बैंकले लगानीकर्तालाई १६ प्रतिशत बोनस दिने « Eglish Khabarhub

प्राइम बैंकले लगानीकर्तालाई १६ प्रतिशत बोनस दिने



काठमाडौं । प्राइम कमर्शियल बैंकले सेयर लगानीकर्ताहरुलाई १६ प्रतिशत बोनस दिने भएको छ ।

बैंकले नेप्सेलाई गराएको जानकारी अनुसार गत आर्थिक वर्ष २०७५/०७६ को वितरणयोग्य नाफाबाट १६ प्रतिशत बोनस सेयर दिन लागेको हो । बैंकको उक्त प्रस्ताव राष्ट्र बैंकको अनुमति र बैंकका आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्ताले पाउने छन् ।

हाल ९ अर्ब ६८ करोड ६८ लाख ५१ हजार ७ सय रुपैयाँ चुक्ता पुँजी भएको बैंकको बोनस वितरणपछि ११ अर्ब २३ करोड ६७ लाख ४७ हजार ९७२ रुपैयाँ पुग्ने छ ।

Publish on: