सतलजले अरुण तेस्रो प्रभावितलाई जग्गा मुआब्जा दाबीका लागि बोलायो

सतलजले अरुण तेस्रो प्रभावितलाई जग्गा मुआब्जा दाबीका लागि बोलायो


c?0f t];|f] lgdf{0f :yn M ;+v’jf;efdf lgdf{0f x’g nfu]sf] g]kfns} ax’k|ltlIft cfof]hgf c?0f t];|f] ()) d]ufjf6 sf] 8ofd lgdf{0f :yn ˆoflS;Gbf bf]efg . tl:a/ M ;’hg ah|frfo{, /f;;, ;+v’jf;ef

 

काठमाडौं । स्वतन्त्र उर्जा उत्पादनहरुको संस्था नेपाल (इपान)ले आयोजना गरेको पावर समिट २०१९ मा वाहवाही कमाएको भारतीय जलविद्युत् निर्माण कम्पनी सतलजले निर्माण गरिरहेको अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माण हुने क्षेत्रका प्रभावितलाई मुआब्जा वितरण गरिने भएको छ ।

जिल्ला प्रशासन कार्यालय खोटाङले आज एक सूचना प्रकाशित गरी १३८ घर परिवारलाई मुआब्जा वितरणका लागि सम्पर्क राख्न आग्रह गरेको छ । खोटाङ जिल्लाको प्रसारण लाइन प्रभावित क्षेत्र र टावरको फाउन्डेसनमा पर्ने जग्गाका जग्गाधनीलाई मुआब्जाका लागि सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र सम्पर्क राख्न आग्रह गरेको हो ।

अरुण तेस्रो जलविद्युत् आयोजना निर्माणका लागि स्थापना भएको एसजेभिएन अरुण तेस्रो पावर डेभलोम्पेन्ट कम्पनीले ४०० केभी क्षमताको प्रसारण लाइन निर्माण गर्न लागेको छ । उक्त प्रसारण लाइन संखुवासभाको दिदिङदेखि सुरु भइ ढल्केबरको बथनाहसम्म निर्माण हुनेछ ।

प्रकाशित सूचना अनुसार खोटाङ जिल्लाको प्रभावित क्षेत्रका स्थानीयबासीका घर, गोठ, टहरा तथा रुख विरुवा समेतको स्थायी रुपमा अधिग्रहण गरिनेछ । जग्गाप्राप्ती ऐन २०३४ अनुसार ती जग्गा र संरचनाको मुआब्जा दिएर प्रसारण लाइन निर्माण गर्न लागिएको हो ।

प्रकाशित सूचना अनुसार अधिकांश जग्गा व्यक्तिको रहेको छ भने केही कित्ता जग्गा भने नेपाल सरकारको नाममा रहेको छ ।

ती सबै जग्गाको कानून बमोजिम मुआब्जा उपलब्ध गराउने आयोजनाको तयारी छ । सन् २०२३ सम्म आयोजना निर्माण सम्पन्न गर्ने लक्ष्यसहित काम भइरहेको प्रबद्र्धक कम्पनीले जनाएको छ ।