सेयर बजारमा सुधार, कारोबार रकम भने सुस्त « Eglish Khabarhub

सेयर बजारमा सुधार, कारोबार रकम भने सुस्त



काठमाडौं । लामो समयको गिरावट पछि सेयर बजारमा सामान्य सुधार देखिएको छ । नेप्से मापन गर्ने सूचक बढेपनि कारोबार रकममा भने सुधार आउन सकेको छैन ।

नेप्से मापन गर्ने सूचक ८.३० अंकले बढेर १११७.४६ बिन्दुमा रोकिएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १.७४ अंकले बढेर २४७.२३ बिन्दुमा रोकिएको छ ।

१६५ कम्पनीको ७ लाख ३८ हजार ४४६ कित्ता सेयर २१ करोड २३ लाख ६३ हजार ७३६ रुपैयाँको सेयर किनबेच भएको छ ।

१२ वटा समूहको कारोबारमा बैंकिङ ४.९३, होटल १२.४६, विकास बैंक १४, जलविद्युत ७.५२, वित्त ५.४१, निर्जीबन बीमा २६.६८, उत्पादन तथा प्रशोधन २२.५९, अन्य १०.२१, माइक्रोफाइनान्स १४.९३, जीवन बीमा समूहको उपसूचक ६०.१८ अंकले बढेको छ ।

कारोबार रकमको आधारमा एनएमबी बैंक अग्रस्थानमा रहेको छ । बैंकको २ करोड ७५ लाख १९ हजार ३९२ रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै दोस्रो र तेस्रो स्थानमा हिमालयन डिस्टिलरी, नबिल बैंक रहेका छन् ।

कारोबारमा राधी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी, गुराँस फाइनान्स, अरुण भ्याली हाईड्रोपावर डेभलपमेन्टका लगानीकर्ताले कमाएका छन भने साल्ट टे«डिङ कर्पोरेशन, लक्ष्मी लघुवित्त वित्तीय संस्था, नबिल इक्विटी फण्ड, बरुण हाईड्रोपावरका लगानीकर्ताले कमाएका छन् ।

Publish on: