काठमाडौं । सेयर लगानीकर्ताहरुले धितोपत्र बोर्डमा अब आउने अध्यक्ष सुझाव समितिले दिएकोमध्ये बाँकी काम गर्न सक्ने अध्यक्ष हुनुपर्ने माग गरेका छन् ।
आर्थिक रुपमा पारदर्शी, सेयर बजारको ज्ञान भएको, समितिले सुझाएका ५८ बुँदामध्ये बाँकी काम गर्न सक्ने क्षमताको व्यक्ति अध्यक्ष हुनुपर्ने माग गरेका हुन् ।
असोज मसान्तयता धितोपत्र बोर्डमा अध्यक्ष पद रिक्त छ । बोर्डका अध्यक्ष डा. रेवत बहादुर कार्की ४ वर्षे कार्यकाल पूरा गरी बोर्डबाट बिदा भएपछि अहिले बोर्ड नेतृत्वबिहीन अवस्थामा छ ।
बोर्डमा अध्यक्ष नभएपछि लगानीकर्ताले छिटोभन्दा छिटो अध्यक्ष नियुक्तीको समेत माग गरेका छन् । उनीहरुले भावी अध्यक्ष आर्थिक प्रलोभनमा नपर्ने, बजारमैत्री र ५८ बुँदामध्ये बाँकी रहेका बुँदा कार्यान्वयनमा ल्याउन सक्ने ल्याकत भएको हुनुपर्ने भनाइ राखेका छन् ।
सेयर लगानीकर्ता दबाब समूहले विज्ञप्ति जारी गर्दै बोर्डको आगामी अध्यक्ष लगानीकर्ताको मनोविज्ञान बुझ्ने, दक्ष, ज्ञान भएको, आर्थिक रुपमा पारदर्शी, अनुभवी, सुझाव समितिले दिएको ५८ बुँदामा बाँकी रहेका बुँदा कार्यान्वयन गर्न सक्ने खालको हुनुपर्ने जनाएको छ ।
SHARE YOUR THOUGHTS