सेयर बजारले अझै लिएन गति, कारोबार रकममा प्रभुको अग्रता « Eglish Khabarhub

सेयर बजारले अझै लिएन गति, कारोबार रकममा प्रभुको अग्रता



काठमाडौं । सेयर कारोबारको सुरुमा केही सुधारको संकेत देखिएपनि अन्तिम समयमा १.४४ अंकले घटेको छ । नेप्से मापन गर्ने सूचक १.४४ अंकले घटेर ११३८.०२ बिन्दुमा रोकिएको छ । १२० कम्पनीको ७ लाख ५० हजार कित्ता २० करोड ६२ लाख ५३ हजार ८४७ रुपैयाँमा किनबेच भएको छ ।

१२ वटा समूहको कारोबारमा बैंकिङ समूह ०.०३, डेभलपमेन्ट बैंक ६.९५, निर्जीबन बीमा कम्पनी ४.३८, उत्पादन तथा प्रशोधन समूहको उपसूचक ७.७६ अंकले घट्दा माइक्रोफाइनान्स ४.४७, जीवन बीमा कम्पनी २१.३८, ब्यापार समूहको उपसूचक १७.१६ अंकले बढेको छ ।

कारोबार रकमको आधारमा प्रभु बैंक अग्रस्थानमा रहेको छ । बैंकको ४ करोड ३६ लाख ७५ हजार ९६१ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा क्रमशः नबिल र एनसीसी बैंक रहेका छन् ।

कारोबारमा साल्ट ट्रेडिङ कर्पोरेशन, नयाँ नेपाल लघुवित्त विकास बैंक, सिनर्जी पावर डेभलपमेन्ट, गुँरास लाईफ इन्स्योरेन्सका लगानीकर्ताले कमाउँदा महालक्ष्मी विकास बैंक, यूनियन हाईड्रोपावर, गुडविल फाइनान्स, तिनाहु मिसन डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् ।

Publish on: