१ पुस २०८२, मंगलबार

विधान समितिले जवाफ नदिएपछि महासंघ स्थायी कमिटिको बैठक स्थगित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको स्थायी कमिटिको बैठक स्थगति भएको छ । महासंघको विधान संशोधनका लागि विधान समितिको प्रस्ताव र २९ गते तोकिएको विशेष साधारणसभा विधानसम्वत छ कि छैन भनेर गत शुक्रबार बसेको पदाधिकारी बैठकले विधान संशोधन समितिसँग जवाफ मागेको थियो ।

महासंघ राजनीतिमा नयाँ ट्वीस्ट: पदाधिकारी बैठकले विशेष साधारणसभाको वैधानिकताको प्रश्न सोध्यो

गत शुक्रबारको पदाधिकारी बैठकले विधान संशोधन समितिसँग जवाफ माग्दै आज (बुधबार)का लागि स्थायी कमिटिको बैठक बोलाएको थियो । स्थायी कमिटिको बैठकले विधास संशोधन समितिले दिएको जवाफमाथि छलफल गरेर आवश्यक निर्णय लिने बताइएको थियो ।

विधान संशोधन समितिको सभापति महासंघका पूर्वअध्यक्ष चण्डीराज ढकाल छन् । ढकाल संयोजकत्वको समितिले पदाधिकारी बैठकले सोधेको प्रश्नको जवाफ नै दिएको छैन । समयावधि छोटो भएको भन्दै समितिले जवाफ दिन नसकेको बताएपछि आज बस्ने भनिएको स्थायी कमिटिको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको हो ।

स्थायी कमिटिको बैठक स्थगित भएसँगै यही कात्तिक २९ गते हुने भनिएको महासंघको विशेष साधारणसभा तुहिएको छ । साधारणसभा तुहिएको खण्डमा विधानत बरिष्ठ उपाधयक्ष शेखर गोल्छा स्वतः अध्यक्ष हुन्छन् ।

‘विधान संशोधन कमिटिले जवाफ नदिएपछि अर्को सूचना जारी नभएसम्मका लागि स्थायी कमिटिको बैठक स्थगित गरिएको छ,’ महासंघका एक पदाधिकारीले क्लिकमाण्डूसँग भने ।

विधान संसोधन समितिका सभापति चण्डीराज ढकालले आगामी शुक्रबार समितिको बैठक बोलाएका छन् । उक्त समितिमा महासंघका पदाधिकारी, प्रदेशका प्रतिनिधि लगायत गरी २२/२५ जनाको बैठक आगामी शुक्रबार बस्नेछ । र, पदाधिकारी बैठकले मागेको जवाफ दिनेछ ।

‘समय थोरै भएकाले हामीले आफ्नो प्रतिवेदन तयार पार्न सकेनौं,’ समितिका संयोजक चण्डीराज ढकालले क्लिकमाण्डूसँग भने, ‘आगामी शुक्रबारका लागि बैठक बोलाएको छु, बैठकले जे निर्णय गर्छ, त्यही हुन्छ ।’

स्थायी कमिटिको बैठक स्थगित भएसँगै यही कात्तिक २९ गते हुने भनिएको महासंघको विशेष साधारणसभा तुहिएको छ । साधारणसभा तुहिएको खण्डमा विधानत बरिष्ठ उपाधयक्ष शेखर गोल्छा स्वतः अध्यक्ष हुन्छन् ।

शेखर गोल्छालाई अध्यक्ष हुनबाट विधान संशोधन समितिका सभापति चण्डीराज ढकालले बरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था खारेज गरी प्रत्यक्ष निर्वाचनमार्फत अध्यक्ष छान्नुपर्ने व्यवस्थाको विकल्पसहितको प्रतिवेदन यसअघि नै बुझाइसकेको छ । उक्त प्रतिवेदन विशेष साधारणसभाले पारित गरेको खण्डमा गोल्छा स्वतः अध्यक्ष हुन पाउँदैन थिए ।

तर, पछिल्लो समीकरणले गोल्छालाई स्वतः अध्यक्ष बनाएर त्यसपछिको कार्यकालका लागि मात्रै प्रत्यक्ष निर्वाचित अध्यक्षको व्यवस्था गर्नुपर्ने धारणामा करिब-करिब सबै सदस्यहरु एकमत भएको महासंघको राजनीतिका खेलाडीहरु बताउन थालेका छन् ।