प्राइम लाइफका योजना ग्राहकले अनलाइनबाटै खरिद गर्न सक्ने « Eglish Khabarhub

प्राइम लाइफका योजना ग्राहकले अनलाइनबाटै खरिद गर्न सक्ने



काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सले अनलाइन प्रविधिबाट कम्पनीका विभिन्न जिवन बीमा योजना ग्राहक स्वयंले नै खरिद गर्न सक्ने प्रविधि विकास गरि सञ्चालनमा ल्याएको छ ।

यो प्रविधिबाट जुनसुकै स्थानका ग्राहकले आफुले लिन चाहेको जिवन बीमा योजना तथा त्यस योजना अन्तर्गतका अतिरिक्त ऐच्छिक सुविधाहरm छनौट गरी त्यस वापतको प्रिमियम अनलाइन भुक्तानी सेवा प्रदायक मार्फत भुक्तानी गर्न सकिने जनाएको छ । हालको लागी अधिकतम विमाङ्क रकम ५ लाखसम्मको वीमालेख खरिद गर्न सक्नेछन् ।

कम्पनीले शरुवात गरेको अनलाइन प्रविधिबाट प्रदान गरिने बीमाको सेवाबाट धेरै जनतासमक्ष जीवन बीमाको पहँुच पुग्ने विश्वास कम्पनीले लिएको छ ।

Publish on: