काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले व्यवसायी डा रुप ज्योति पक्राउको विषय आफुलाई सुरुमा थाह नभएका जवाफ दिएका छन् ।
प्रहरीले बिहीबार बेलुका त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट डा. रुप ज्योतिलाई पक्राउ गरेको थियो ।
विजेन्द्र मल्लको उजुरीको आधारमा व्यवसायी ज्योति सिंगापुरबाट नेपाल फर्कदा पक्राउ परेका हुन् ।
अर्ब बढीको कारोबार गर्ने हार्वर्डका पीएचडी ज्योतिलाई इगोले पुर्यायो ठगीको आरोपमा जेल
नेपालको पुरानो व्यवसायी प्रतिष्ठान ज्योति ग्रुपका उपाध्यक्ष ज्योति पक्राउको विषयमा नेपालका निजी क्षेत्रका संघसंस्थामा चेम्बर बाहेकका संस्थाले आधिकारिक जानकारी सार्वजनिक गरेका छैनन् ।
ज्योति पक्राउको विषयमा केही व्यवसायीले प्रधानमन्त्रीलाई भेटेर सोधेका थिए । प्रधानमन्त्री ओलीले व्यवसायीहरु आफुलाई पक्राउ परेपछि मात्र जानकारी भएको जवाफ दिएका थिए ।
सर्बोच्च अदालतले ज्योतिको पक्षमा जारी भएको अन्तरिम आदेश खारेज भएपछि ज्योतिलाई पक्राउ गर्ने तयारी प्रहरीले गरेको थियो । जसको जानकारी प्रधानमन्त्रीलाई समेत दिइएको थियो ।
SHARE YOUR THOUGHTS