सेयर बजारमा २० करोडको कारोबार, कसले कमाए, कसले गुमाए ? « Eglish Khabarhub

सेयर बजारमा २० करोडको कारोबार, कसले कमाए, कसले गुमाए ?



काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार मापन गर्ने सूचक ०.०७ अंकले बढेर १११२.८५ बिन्दुमा रोकिएको छ ।

१६१ कम्पनीको ६ लाख ७५ हजार ३८ कित्ता सेयर २० करोड ६३ लाख १४ हजार ३२३ रुपैयाँको सेयर किनबेच भएको छ ।

१२ वटा समूहको कारोबारमा बैंकिङ समूहको ३.२९, टे«डिङ १२.९३, डेभलपमेन्ट बैंक ८.९२, निर्जीबन बीमा समूहको १९.३९, माइक्रोफाइनान्स समूहको उपसूचकमा ६.८३ अंकले घटेको छ ।

कारोबार रकमको आधारमा नबिल बैंक अग्रस्थानमा रहेको छ । नबिलको १ करोड ७५ लाख ८१ हजार ९८४ रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै दोस्रो र तेस्रो स्थानमा एनएमबी बैंक र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ ।

नेपाल लाइफ इन्स्योरेन्स, पोखरा फाइनान्स, जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक, लाइफ इन्स्योरेन्स कर्पोरेशनका लगानीकर्ताले कमाएका छन भने घोडाघोडी लघुवित्त वित्तीय संस्था, स्वाभिमान लघुवित्त वित्तीय संस्था, साल्ट ट्रेडिङ कर्पोरेशन, पाँचथर पावर कम्पनी, स्वदेशी लघुवित्त वित्तीय संस्था, नाग्दी पावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।

Publish on: