काठमाडौं । सेयर बजारमा सामान्य गिरावट हुँदा कारोबार रकम थोरै बढेको छ । नेप्से मापन गर्ने सूचक ०.८६ अंकले घटेर ११११.९९ बिन्दुमा रोकिएको छ ।
१६४ कम्पनीको ८ लाख २६ हजार ३६८ कित्ता सेयर २३ करोड २२ लाख ५९ हजार ३३१ रुपैयाँको कारोबार भएको छ ।
१२ वटा समूहको कारोबामा बैंकिङ १.१३, टे«डिङ १३.९९, जलविद्युत समूहको उपसूचक २.१८, अंकले बढ्दा डेभलपमेन्ट बैंक ३.८३, निर्जीबन बीमा कम्पनी ३.७, जीवन बीमा कम्पनीको उपसूचक ६४.०१ अंकले घटेको छ ।
कारोबार रकमको आधारमा एनएमबी बैंक अग्रस्थानमा रहेको छ । बैंकको १ करोड ९३ लाख ९६ हजार ४२५ रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै दोस्रोमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ भने तेस्रोमा जनउत्थान सामुदायिक लघुवित्त वित्तीय विकास बैंक रहेको छ ।
नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था, माहुली सामुदायिक लघुवित्त वित्तीय संस्था, साल्ट ट्रेडिङ कर्पोरेशन, पाँचथर पावर कम्पनीका लगानीकर्ताले कमाउँदा अरुण कावेली पावर कम्पनी, साइन रेसुङ्गा डेभलपमेन्ट बैंक, आँखुखोला जलविद्युत कम्पनी, आईएमई जनरल इन्स्योरेन्सका लगानीकर्ताले गुमाएका छन् । बजारमा खरिदकर्ता र बिक्रीकर्ताकाे समान चाप देखिएकाे छ ।
SHARE YOUR THOUGHTS