काठमाडौं । निरन्तरको गिरावटपछि अब भने सेयर बजारका सुधारको संकेन देखिन थालेको छ ।
सेयर बजार मापन गर्ने सूचक ८.७३ अंकले बढेर ११२४.४७ बिन्दुमा रोकिएको छ ।
१६९ कम्पनीको ९ लाख ९० हजार २४७ कित्ता सेयर ३० करोड ८२ लाख १४ हजार ४६५ रुपैयाँको सेयर किनबेच भएको छ ।
१२ वटा समूहको कारोबारमा बैंकिङ २.९६, डेभलपमेन्ट बैंक १०.५५, निर्जीबन बीमा १०१.६५, माइक्रोफाइनान्स ३३.०४, जीवन बीमा समूहको उपसूचक १४२.९१ अंकले बढेको छ ।
कारोबार रकमको आधारमा नेपाल लाइफ इन्स्योरेन्स अग्रस्थानमा रहेको छ । नेपाल लाइफको २ करोड ८२ लाख ४२ हजार ९१६ रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै दोस्रो र तेस्रो स्थानमा क्रमशः एनआईसी एसिया बैंक र एनएमबी बैंक रहेका छन् ।
प्रभु इन्स्योरेन्स, गुँरास लघुवित्त वित्तीय संस्था, लुम्बिनी जनरल इन्स्योरेन्स, महिला सहयात्रा माइक्रोफाइनान्स, स्वरोजगार लघुवित्त विकास बैंकका लगानीकर्ताले कमाउँदा बरुण हाईड्रोपावर कम्पनी, घोडाघोडी लघुवित्त वित्तीय संस्था, सिन्धु विकास बैंक, कालिका पावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।
SHARE YOUR THOUGHTS