सेयर बजारमा सकिएकै हो त बियरिस ट्रेन्ड ? « Eglish Khabarhub

सेयर बजारमा सकिएकै हो त बियरिस ट्रेन्ड ?



काठमाडौं । लामो समयको अन्तरालपछि सेयर जबारमा हरियाली छाएको छ । कारोबारको केही समयपछि देखि सुरु भएको उछाल अन्तिम समसयम्म नै कायम रह्यो । तर कारोबार बन्दहुनु २० मिनेट अघिबाट बजारमा रहेको सुधारमा सामान्य गिरावट आयो । ११५४.८५ बिन्दुमा पुगेको बजार अन्तिम समयमा आएर सोरै गिरावट हुँदा नेप्से मापन सूचक १३.५१ अंकले बढेर ११४८.८९ बिन्दुमा रोकिएको छ ।

यो दिनको कारोबारमा बिक्रीमा भन्दा खरिदमा निकै चाप देखिएको छ । जसले गर्दा लगानीकर्ताको ११५० को मनोवैज्ञानिक विन्दु नजिक देखिएको छ । बजारमा आएको चमकलाई केही लगानीकर्ताहरुले अब बियरिस टे«न्ड सकिँदै गएको पनि चर्चा सुरु गरेका छन् ।

ठूला कम्पनी कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स २.६५ अंकले बढेर २५३.१७ बिन्दुमा रोकिएको छ । १७३ कम्पनीको १४ लाख ५९ हजार ७ सय कित्ता सेयर ४६ करोड ४२ लाख २० हजार ३९२ रुपैयाँको सेयर किनबेच भएको छ । लामो समयपछि कारोबार रकममा पनि निकै सुधार देखिएको छ । १२ समूहको कारोबारमा बैंकिङ ७.९१, डेभलपमेन्ट बैंक २८.१५, जलविद्युत १६.८, निर्जीबन बीमा १५६.३४, उत्पादन तथा प्रशोधन २९.७३, माइक्रोफाइनान्स ५०.४३, जीवन बीमा समूहको उपसूचक ६०.९८ अंकले बढेको छ ।

कारोबार रकमको आधारमा नेपाल बैंक अग्रस्थानमा रहेको छ । नेपाल बैंकको २ करोड २८ लाख ७० हजार ८९४ रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै दोस्रो र तेस्रो स्थानमा एनएमबी बैंक र डिप्रोक्स लघुवित्त वित्तीय संस्था रहेका छन् ।

नाडेप लघुवित्त वित्तिय संस्था, नेपाल सेवा लघुवित्त वित्तीय संस्था, समिट लघुवित्त वित्तीय संस्था, समता माइक्रो.फाइक्रोफाइनान्सका लगानीकर्ताले कमाउँदा नबिल इक्वीटि फण्ड, सिभिल बैंक, एनआईसी एसिया ब्यालेन्स फण्डका लगानीकर्ताले गुमाएका छन् ।

Publish on: