४६.५१ प्रतिशतले नाफा घट्दा, शिवमकाे सेयर मूल्य एक महिनामा १८ प्रतिशतले घट्यो « Eglish Khabarhub

४६.५१ प्रतिशतले नाफा घट्दा, शिवमकाे सेयर मूल्य एक महिनामा १८ प्रतिशतले घट्यो



काठमाडौं । शिवम सिमेन्टका लगानीकर्ताले एक महिनाको अवधिमा प्रति कित्ता ७८ रुपैयाँ नोक्सानी व्यहोरेका छन् । शिवमले चालु आवको पहिलो त्रैमासमा नाफा आर्जन गर्नुको साटो नोक्सान व्यहोरेपछि लगानीकर्ता निरास बनेका छन् ।

चालु आवको पहिलो त्रैमासमा शिवमको नाफा ४६.५१ प्रतिशतले घटेको थियो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा ३७ करोड १४ लाख रुपैयाँ नाफा गरेको कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिमा १७ करोड २७ लाख रुपैयाँ नाफा घटेर १९ करोड ८६ लाख रुपैयाँमा झरेको थियो ।

सिमेन्ट उद्योगमा देखिएको मन्दीको असरले नाफा घटेपछि शिवम सिमेन्टका लगानीकर्ता आत्तिन थालेका छन् । मंसिर १ यता शिवमका लगानीकर्ताले निरन्तर गुमाएका छन् ।
मंसिर १ गते ४३३ रुपैयाँ प्रति कित्ता रहेको शिवमको सेयर मूल्य मंसिर ३० गतेसम्म आईपुग्दा ३५५ रुपैयाँमा आइपुगेको छ । सोमबार पनि शिवमको लगानीकर्ताले प्रतिकित्ता ८ रुपैयाँले गुमाएका छन् ।

शिवमको ४ करोड ४० लाख कित्ता सेयर सेयर बजारमा सूचीकृत रहेको छ । उक्त कम्पनीको सेयर प्रतिकित्ता ३ सय रुपैयाँमा किनेका थिए । हाल प्रति कित्ता ३ सयमा लगानी गरेका लगानीकर्ता निकै निरास बनेका छन् । प्रति कित्ता ३ सय रुपैयाँमा सेयर किनेका लगानीकर्ताले यतिबेला जम्मा ५५ रुपैयाँमात्रै आम्दानी गर्न लागेका छन् । शिवमको सेयर आइतबारको तुलनामा प्रतिकित्ता ८ रुपैयाँले घटेको छ । आइतबार प्रतिकित्ता ३६३ रुपैयाँमा करोबार भएको थियो । सोमबार प्रतिकित्ता ८ रुपैयाँले घटेर ३५५ रुपैयाँमा रोकिएको छ ।

Publish on: