२ पुस २०८२, बुधबार

एसएमइमा एग्रेसिभ बन्यो नविल बैंक, ३५ घन्टाभित्रै १ करोड ५० लाखसम्म ऋण दिने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नविल बैंकले आफ्नो कर्जा रणनीति परिवर्तन गरेको छ । यसअघि ठूला कर्पोरेट ग्राहकहरुलाई कर्जा दिँदै आएको नविल बैंक अब साना तथा मझौला ग्राहकलाई कर्जा दिने रणनीति बनाएको हो ।

बैंकले ३५ घन्टामै ५ लाखदेखि १ करोड ५० लाख रुपैयाँसम्म कर्जा दिने नयाँ योजना सार्वजनिक गरेको छ । उक्त कर्जा योजनाको नाम ‘सजिलो एस्प्रेस कर्जा’ रहेको छ । बैंकले उक्त कर्जा योजना सक्षम र युके एडको सहकार्यमा ल्याएको हो ।

एसएममी हबमर्फत कर्जाको लागि आवश्यक पक्रिया पूरा गरेर आएमा तोकिएको समयमा नै कर्जा दिने बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले जानकारी दिए ।

साथै नबिल एक्प्रेस सजिलो कर्जा अन्तर्गत ९.९ प्रतिशत ब्याजदरमा नबिल नारी कर्जा योजना पनि सार्वजनिक गरेको छ ।

‘बैंकहरुबाट कर्जा दिने प्रकृया लामो र झन्झटिलो हुने गर्दा कर्जाप्रतिको समस्या हटाउन यो योजना ल्याएका हौं,’ शाहले भने, ‘हामी कर्जा बिस्तारमा एसएमइ सजिलो कर्जामार्फत भ्यागुते छलाङ मार्छौ ।’

सीइओ शाहका अनुसार यो कर्जा योजनाले ग्राहकको बैंकिङ ह्याविट नै परिवर्तन गर्नेछ । नविल सजिलो एसएमइ कर्जाको वार्षिक व्याजदर १०.५० प्रतिशत मात्रै छ ।

यस्तो कर्जा लिने ग्राहकलाई ५० हजारसम्मको निःशुल्क क्रेडिट कार्ड, निःशुल्क एसएमएस ट्रान्ज्याक्सन अलर्ट, इमलेमार्फत निःशुल्क मासिक बैंक स्टेटमेन्ट उपलब्ध गराउने, व्यक्तिगत बचत खातामार्फत् १० लाख रुपैयाँसम्म्को दुर्घटना बीमा, ३ लाख रुपैयाँसम्मको जटिल रोग बीमा र ७५ हजार रुपैयाँसम्मको टर्म लाइफ बीमा सुविधा उपलब्ध गराउने सीइओ शाहले जानकारी दिए ।