काठमाडौं । सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । सेयर बजार मापन गर्ने सूचक १७.७७ अंकले बढेर ११६८.५८ बिन्दुमा रोकिएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स २.९४ अंकले बढेर २५४.५३ अंकमा रोकिएको छ ।
१७७ कम्पनीको १७ लाख ५४ हजार ३६३ कित्ता सेयर ५९ करोड ५७ लाख ६४ हजार ५४४ रुपैयाँमा किनबेच भएको छ । १२ वटा समूहको कारोबारमा बैंकिङ समूहको उपसूचक ३.३२, होटल ४६.९९, डेभलपमेन्ट बैंक १६.४४, जलविद्युत ७.७६, वित्त कम्पनी ११.५४, निर्जीबन बीमा कम्पनी १५८.८, उत्पादन तथा प्रशोधन ११३.८९, माइक्रोफाइनान्स ३०.७४, जीवन बीमा कम्पनी समूहको उपसूचक १७०.८८ अंकले बढेको छ ।
कारोबार रकमको आधारमा शिवम सिमेन्ट अग्रस्थानमा रहेको छ । शिवमको ५ करोड ८५ लाख ६० हजार १५२ रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै दोस्रो र तेस्रो स्थानमा नबिल बैंक र नेपाल बैंक रहेका छन् ।
नागरिक लगानी कोष, जलविद्युत लगानी तथा विकास कम्पनी, सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था, शिवम सिमेन्टका लगानीकर्ताले कमाउँदा पाँचथर पावर कम्पनी, दिब्यश्वरी हाईड्रोपावर, खानीखोला हाईड्रोपावर, तिनाहु मिसन डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् ।
SHARE YOUR THOUGHTS