काठमाडौं । अबदेखि बैंकबाट घर बनाउन तथा गाडी किन्नको लागि थप जटिल हुने भएको छ ।
नेपाल राष्ट्र बैंकले निर्देशन जारी गर्दै बैंक तथा वित्तीय संस्थाले व्यक्तिगत तर्फको घर निर्माण तथा हायर पर्चेज कर्जामा ऋण भुक्तानी आम्दानी अनुपात ५० प्रतिशत हुनुपर्ने भएको छ ।
यसको उदाहरणको लागि कुनै व्यक्तिको आम्दानी मासिक १ लाख रुपैयाँ छ भने उसले ५० हजारसम्म किस्ता तिर्ने गरेर बैंकले ऋण दिन सक्छ । यदी किस्ता रकम ५० हजारभन्दा बढी भएमा उसले ऋण पाउदैन ।
यस्तै ऋणीले आयस्रोत खुल्ने प्रमाणपत्र पेश गर्नुपर्ने,यसरी आयस्रोतको प्रमाणपेश गर्दा कर तिरेको प्रमाण वा करचुक्ताको प्रमाणपत्र पेश गर्नुपर्ने उल्लेख छ ।
राष्ट्र बैंकले लागु गरेको ऋण आम्दानी रेसियोको व्यवस्था कतिपय बैंक तथा वित्तीय संस्थाले लागु गरेका छन् । यो व्यवस्थाले ऋणको मागमा कमी आउन सक्ने छ । यसरी ऋण आम्दानी अनुपात व्यवस्था नगरेर राखेको ऋणलाई वाचलिस्टमा राख्नुपर्ने राष्ट्र बैंकले जनाएको छ ।
SHARE YOUR THOUGHTS