काठमाडौं । प्राइमलाइफ इन्स्योरेन्सले प्रदेश नं. ५ वुटवलमा अन्तर्गत एकैदिन ३ सम्पर्क कार्यँलय शुरु गरी ब्यबसाय सञ्चालन र बिस्तार गरेको छ ।
सम्पुर्ण नेपाली नागरीकलाइ जीवन बीमाको दायरामा ल्याउने उद्देश्यका साथ कम्पनिले दाङ जिल्लाको भालुबाङ, रुपन्देहीको रामापुर र नवलपरासीको बर्दघाट तीन वटै कार्यालयको समुद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराईले गरेका छन् ।
उक्त कार्यक्रममा बोल्दै भट्टराईले कम्पनिको ब्यवसाय बृद्धि गर्ने क्रममा ग्राहकलाई थप छिटो, छरितो सरल र सहज रुपमा जीवन बीमा सेवा पु¥याउने उद्देश्यले नया“ सम्पर्क कार्यालयहरु स्थापना गरेको बताए । सोही क्रममा बोल्दै भट्टराईले हरेक नागरीकले जीवन बीमा प्रति सकाराŒमक धारणा बनाउनु पर्नेमा जोड दि“दै समग्रमा हेर्दा कम्पनिको हालको अबस्था, लगानी, प्रतिफल, चुक्तापुँजी, जीवन बीमा कोष लगायतका हरेक सुचकहरु अत्यन्त सबल रहेको र कम्पनि अत्यन्तै मितब्ययी ढंगले अगाडी बढेको जानकारी गराए ।
कम्पनिका ५ नं. प्रदेश कार्यालय बुटवलका प्रमुख शिव प्रसाद पौड्यालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा कम्पनिका सम्बन्धित शाखाका शाखा प्रमुखको सञ्चालनमा भएको थियो । उक्त कार्यक्रममा कम्पनिका कर्मचारीहरु, अभिकर्ताहरु, बिमितहरु, बिभिन्न पेशा ब्यवसायमा आबद्ध ब्यक्तिहरु र पत्रकार बन्धुहरुको उपस्थिति रहेको थियो ।
SHARE YOUR THOUGHTS