प्रभु लाइफ इन्स्योरेन्सले ६० करोडको आइपीओ ल्याउँदै « Eglish Khabarhub

प्रभु लाइफ इन्स्योरेन्सले ६० करोडको आइपीओ ल्याउँदै



काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले निकट भविष्यमा ६० करोड रुपैयाँको साधारण सेयर निष्काशन गर्ने भएको छ ।

इन्स्योरेन्सले बीमा समितिले तोकेको पुँजी पुर्याउन पनि साधारण सेयर ल्याउन लागेको जनाएको छ । बीमा समितिले जीवन बीमा कम्पनीलाई २ र निर्जीवन बीमा कम्पनीलाई १ अर्ब रुपैयाँ पुँजी पुर्याउन निर्देशन दिएको थियो ।

समितिको सोहि निर्देशन बमोजिम इन्स्योरेन्सले साधारण सेयर जारी गर्ने लागेको जनाएको छ । हाल इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ । आइपीओ जारी गरेपछि यसको चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुग्ने छ ।

इन्स्योरेन्सले चालु आवको पहिलो त्रैमासमा १ करोड २२ लाख ९४ हजार ५८३ रुपैयाँ नाफा आर्जन गरेको छ । इन्स्योरेन्सले साधारण सेयर जारी गर्नको लागि नियामक निकाय धितोपत्र बोर्डबाट अनुमति पाउनुपर्छ ।

Publish on: