काठमाडौं । नेपालको आर्थिक अवस्था र क्षमताको मूल्यांकनको रेटिङ शुरु गरिएको छ । लामो समयदेखिको सरकारी तयारीपछि नेपालको सार्वभौम क्रेडिट रेटिङ गर्न अमेरिकन कम्पनी ‘फिट्च’ले एक साता अअघिदेखि काम शुरु गरेको हो ।
क्रेडिट रेटिङ एजेन्सीहरुले कुन देशको आर्थिक अवस्था कस्तो छ र त्यो देशमा लगानी गर्नका फाइदा र जोखिमहरु के हुन्छ भन्ने विषयमा रेटिङ गर्छन् । एजेन्सीहरुले कुनैपनि देशकोे क्रेडिट रेटिङ कै आधारमा विदेशी लगानीकर्ताहरुले वा अन्य राष्ट्रहरुले लगानी गर्ने ऋण दिने विषय निर्णय गर्छन् ।
नेपालमा हालसम्म यस्तो प्रकारको रेटिङ भएको थिए । सरकारले पहिलोपटक नेपालको क्रेडिट रेटिङ गर्न अन्तर्राष्ट्रिय रेटिङ एजेन्सी अमेरीकाको फिट्चलाई छनोट गरेको हो । फिट्चले नेपालभन्दा अगाडि अष्ट्रेलिया, क्यानाडा, रसिया, ब्राजिल, फान्सलगायत ३० वटा देशहरु र त्यहाँका विभिन्न क्षेत्रका कम्पनीहरुको क्रेडिट रेटिङ गरिसकेको छ ।
सामान्यतया, सार्वभौम देशको क्रेडिट रेटिंङले सो देशमा लगानी गर्ने लगानीकर्ताहरूलाई जोखिमको मापन गर्ने गर्दछ । यस्तो प्रकारको क्रेडिट रेटिङ देशको अनुरोधमा क्रेडिट रेटिङ एजेन्सी त्यो देशको आर्थिक तथा राजनैतिक अवस्था र वातावरणको अध्ययान र मूल्यांकन गर्ने गर्छ ।
नेपाल विकासोन्मुख देश भएकाले विकासमा तिव्रता लिनका लािग यस्तो प्रकारको क्रेटिङ गर्न आवश्यक नै भएको अर्थविद्हरु बताउँछन् ।
यसले अन्तर्राष्ट्रिय जगतमा नेपाललाई हेर्न दृष्टिकोण नै परिवर्तन हुने पूर्व अर्थमन्त्री शंकरप्रसाद कोइरालाको भनाइ छ ।
‘सरकारले मुलुकको रेटिङ गर्न ६÷७ वर्ष पहिलेदेखि नै पहल गरिरहेको थियो,’ उनले क्लिकमाण्डूसँग भने, ‘क्रेडिट रेटिङको रिपोर्टले नेपालमा लगानी गर्न कतिको जोखिम छ त्यो निर्धारण गर्छ र विदेशी लगानीकर्ताहरुले सोही अनुसार आफ्नो लगानी नेपालमा गर्छन् ।’
नेपालमा त्रिपक्षीय, द्विपक्षिय र बहुपक्षीय सरकारबाट आउने सहयतामा यसले फरक नपारेपनि यी सरकारले गर्ने लगानी र ऋण सहयोगमा यसको भूमिका रहने उनको भनाइ छ ।
देशको सार्वभौम क्रेडिट रेटिङले अन्तर्राष्ट्रिय स्तरका लगानीकर्ताको उपस्थीतिले बढी नेपाल आर्थिक विकासले चाँडै फड्को मार्न अर्थमन्त्रालयका राजस्व सचिव शिशिर ढुंगानाको भनाइ छ ।
‘डिफिट र कन्सल्टिङ फर्महरुको सिफारिसमा अमेरिकाको फिट्च कम्पनी नेपालको क्रेडिट रेटिङ गर्न दिन सैद्दान्तिक सहमति भइसकेको छ,’ उनले क्लिकमाण्डूलाई भने ‘अब विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्न सक्ने आधारहरु तयार हुन्छन् ।’
रेटिङको रिपोर्टले नेपालमा अन्तर्राष्ट्रिय स्तरका बण्डहरु जारी गर्न, सरकारको पेइङ क्षमता देखाएर नेपाल अन्तर्राष्ट्रिय क्षेत्रमा कुन पोजिसनमा छ थाहा पाउन र विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्ने विश्वास बढ्ने उनको भनाइ छ ।
छनौट भएको क्रेडिट रेटिङ एजेन्सी फिट्चले चालु आर्थिक वर्षभित्रमा नै नेपालको सम्पूर्ण क्रेडिट रेटिङ गरिसक्ने अर्थमन्त्रालयका प्रवक्ता उत्तरकुमार खत्रीले क्लिकमाण्डूलाई बताए ।
‘एक साता अगाडि फिट्चसँग नेपालले सम्झौता गरेको हो,’ उनले भने, ‘उनीहरुले आफ्नो काम शुरु गरिसकेका छन् ।’
सरकारलाई हालसम्म विदेशी लगानीकर्ताबाट लगानी ल्याउन वा विदेशी बैंकहरुबाट ऋण सहयोग लिनका नेपालको क्रेडिट रेटिङ नभएकाले व्यवहारिक समस्या थियो । अब भने यो समस्या पूर्णरुपमा हट्ने विश्वास गरिएको छ ।
SHARE YOUR THOUGHTS