सेयर बजारका समस्या समाधान गर्न केन्द्र सरकारलाई आग्रह गर्छुः मुख्यमन्त्री गुरुङ « Eglish Khabarhub

सेयर बजारका समस्या समाधान गर्न केन्द्र सरकारलाई आग्रह गर्छुः मुख्यमन्त्री गुरुङ



काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सेयर बजारमा विषयमा देखिएको समस्याका बारेमा आफूले पहिलोपटक थाहा पाएको बताएका छन् ।

गण्डकी प्रदेशमा आइतबार भएको लगानीकर्ता सचेतना कार्यक्रममा बोल्दै उनले सेयर बजारबारे आफू धेरै जानकार नभएको उल्लेख गर्दै समस्या समाधानका लागि आफू प्रयासरत भएको बताए ।

‘म सेयर बजारको विषयमा खासै धेरै त जान्दिन, आज यहाँ आएर धेरै कुरा थाहा भयो, मैले पनि धेरै कुरा जान्ने अवसर पाए, यो निकै सम्वेदनशिल विषय रहेछ । यसको समस्या समाधान गर्न म पनि प्रयासरत छु । केन्द्र सरकारसँग पनि पहल गर्छु,’ उनले भने ।

छलफलमा उनले बजारमा भएको समस्या समाधानमा प्रदेशभन्दा केन्द्र सरकारको भूमिका महत्वपूर्ण हुने बताए । उनले सेयर लगानीकर्तालाई बजारको अवस्था बुझेर लगानी गरी राम्रो लिन समेत आग्रह गरेका छन् ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड, नेपाल धितोपत्र बोर्ड, नेपाल पूँजीबजार लगानीकर्ता संघको सहकार्यमा उक्त कार्यक्रम आयोजना भएको हो ।

कार्यक्रममा गण्डकी प्रदेशका लगानीकर्ताले बजारमा देखिएका समस्याका बारेमा सरोकारवाला निकायका अधिकारीहरुलाई प्रश्न गरेका थिए ।

उनीहरुले क्लोज आउटका कारण लगानीकर्ताले भोगेको समस्या, ऐन, कानूनले पारेको समस्यालगायतका विषयमा प्रश्न गरेका थिए । लगानीकर्ताहरुले बैंकको ब्याजदरको विषयमा पनि प्रश्न गरेका थिए ।

कार्यक्रममा संघकी अध्यक्ष राधा पोखरेलले उपत्यकाभन्दा उपत्यका बाहिरका लगानीकर्ता निकैं जागरुक रहेको बताइन् । उनका अनुसार गण्डकी प्रदेशका लगानीकर्ताहरुले बजारमा देखिएका समस्याका बारेमा धेरै नै जिज्ञासा राखेको बताइन् ।

कार्यक्रममा सेयर बजारमा देखिएका समस्या समाधानका लागि केन्द्र सरकार समक्ष आग्रह गर्न प्रदेश सरकारलाई आग्रह गरिन् । उनले आफूले प्रदेशका मुख्यमन्त्री गुरुङमार्फत् बजारमा देखिएका समस्या समाधान गर्न केन्द्र सरकारलाई आग्रह गरेको जानकारी दिइन् ।

अध्यक्ष पोखरेलले बजारमा देखिएका समस्या समाधान गर्र्न सरकारलाई आग्रह गरिन । यतिबेला लगानीकर्तामा निकै निराशा बढेकाले सरकारले बजारको विकासका लागि सरकारले देखिने गरी काम गर्न आवश्यक रहेको बताइन् ।

Publish on: