काठमाडौं सहर फोहोर गर्नेलाई महानगरले तिरायो ७० हजार जरिवाना « Eglish Khabarhub

काठमाडौं सहर फोहोर गर्नेलाई महानगरले तिरायो ७० हजार जरिवाना



काठमाडौं । जथाभावी सहर फोहोर गर्नेलाई काठमाडौं महानगरपालिकाले ७० हजार रुपैयाँ जरिवाना तिराएको छ । अनाधिकृतरुपमा होर्डिङ बोर्ड राख्ने, भित्तामा पोष्टर टाँस्ने वा लेख्ने र जथाभावी फोहोर गर्नेलाई काठमाडौ महानगरपालिकाले जरिवाना तिराएको हो ।

अाइतबार महानगरले  पोस्टर टाँस्ने १४ जना कारबाहीलाई कारवाही गरि जरिवाना स्वरुप ७० हजार रुपैयाँ तिराएको जनाएको छ । गत बिहिबार गृहमन्त्री रामबहादुर थापाले काठमाडौंका सबै होर्डिङ बोर्ड हटाउन महानगरलार्इ निर्देशन दिएका थिए ।

जसअनुसार महानगरले गत शुक्रबारबाटै अनाधिकृत रुपमा राखिएका होर्डिङ बोडहरु हटाइरहेको छ । महानगरले आइतबार पुतलीसडकको एक, सोह्रखुट्टेको एक र त्रिपुरेश्वरको एक गरि जम्मा तीनवटा होर्डिङ्ग बोर्ड हटाएको छ ।

शुक्रबार पनि महानगरले तिनकुने, माइतीघर र टेकु गरि जम्मा ३ वटा होर्डिङ बोर्ड हटाएको थियो ।

Publish on: