निजी लगानी प्रर्वद्धन गर्न नेपाल उद्योग परिसंघ र नेपाल बैंकर्स संघबीच सम्झौता « Eglish Khabarhub

निजी लगानी प्रर्वद्धन गर्न नेपाल उद्योग परिसंघ र नेपाल बैंकर्स संघबीच सम्झौता



काठमाडौं । नेपाल उद्योग परिसंघ र नेपाल बैंकर्स संघबीच निजी लगानी प्रर्वद्धन मार्फत आर्थिक विकासमा सहकार्य गर्न सम्झौता भएको छ ।

परिसंघमा आयोजित कार्यक्रममा परिसंघका अध्यक्ष सतिश कुमार मोर र बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र प्रसाद ढुंगानाले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

समारोहमा परिसंघका अध्यक्ष मोरले समग्र लगानीको वातावरण बनाउन उद्योगी तथा बैंकहरु एक अर्काका परिपूरक भएकाले यो समझदारी महत्वपूर्ण रहको बताए । बैंकर्स संघका अध्यक्ष ढुंगानाले बैंकिङ्ग क्षेत्रमा आएका नयाँ-नयाँ व्यवस्थालाई लगानीमैत्री बनाउन आपसी सहकार्यले अर्थ राख्ने बताए ।

समझादारी अनुसारमा दुबै पक्षको क्षमता अभिवृद्धिका लागि संयुक्त रुपमा अध्ययन, अनुसन्धान तथा तालिम कार्यक्रमहरु आयोजना गर्ने, वित्तिय तथा मौद्रिक नीति निर्माणका साथै सम्बन्धित ऐन नियमावलीको परिमार्जनमा साझा हितका विषयमा सरोकारवाहरुसँग सयुक्त रुपमा संवाद तथा छलफल गर्ने रहेको छ ।

Publish on: