काठमाडौ । काठमाडौं महानगरपालिका प्रवक्ता ईश्वरमान डंगोलले अहिले स्वयम्भूमा आउने पर्यटक आा घन्टा पनि नटिकेको बताएका छन् ।
स्वयम्भू सांँस्कृति कार्यक्रम २०७६ को जानकारी गराउन आयोजना भएको पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् । उनले अब स्वयम्भूमा के रहेको छ भन्ने विषयमा डकुमेन्ट्री, फोटो प्रदर्शनी गरेर जानकारी गराउने बताए ।
डंगोलका अनुसार अहिले आधा घन्टा नबस्ने पर्यटक २,३ घन्टा बस्ने व्यवस्था मिलाउने बताए । उनका अनुसार वसन्तपुर क्षेत्रमा आएका पर्यटकलाई स्वयम्भू ल्याउने योजनासाथ यो कार्यक्रम हुन लागेको हो ।
यसअघि स्वयम्भू आउने पर्यटक घुमेर थोरै समयमा जाने गरेकोले अब त्यहाँ केछ भनेर जानकारी गराउन भिडियो, फोटो प्रदर्शनी गराउने, डकुमेन्ट्री देखाउने तयारीमा रहेको महानगरका प्रवक्ता डंगोलले बताए ।
नेपाल भ्रमण वर्ष सफल बनाउन स्वयम्भू जाऔ नेपाल भ्रमण वर्ष मनाऔं भन्ने नाराका साथ पुस १६ गतेदेखि २२ गतेसम्म उक्त कार्यक्रम हुन लागेको हो ।
महानगरीय प्रहरी वृत स्वयम्भू र कामनपा १५ ले आयोजना गर्न लागेको कार्यक्रमले भ्रमण वर्षलाई सफल बनाउन सक्ने अपेक्षा गरिएको छ ।
साताव्यापी कार्यक्रममा विभिन्न सांस्कृतिक झाकिहरु प्रस्तुत गर्ने बताए । यसले पर्यटकलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ ।
नेपाल भ्रमण वर्ष २०२० मा विश्व सम्पदा सुचिमा रहेको स्वयम्भू रहेको स्वयम्भूको ऐतिहासिता, मौलिकता, धार्मिक सहिष्णुता र जातिय विविधताको बारेमा पर्यटकलाई जानकारी गराउने बताईएको छ ।
उक्त कार्यक्रमले पर्यटकिय, साँस्कृतिक, भार्मिक क्षेत्रको प्रवर्द्धन र विकास हुने, उक्त क्षेत्रको सामाजिक, आर्थिक र भौतिक विकासमा सहयोग पुग्ने अपेक्षा रहेको छ । उक्त कार्यक्रममा अनुमानित १८ देखि २० लाख खर्च हुने अपेक्षा गरेको छ ।
SHARE YOUR THOUGHTS