३० मंसिर २०८२, सोमबार

सहर फोहोर गर्नेलाई महानगरपालिकाले तिरायो डेढ लाख जरिवाना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौं महानगरपालिकाले जथाभावी फोहोर गर्नेलाई अहिलेसम्म १ लाख ५४ हजार रुपैयाँ जरिवाना तिराएको छ ।

एक साताको अवधिमा महानगरपालिकाले २७ जनालाई कारबाही गरेको छ । महानगरपालिकाले पुतलीसडक, सोह्रखुट्टे, त्रिपुरेश्वर, थापाथली लगायत ठाँउबाट पोस्टर, होर्डिङ बोर्ड निकालेको छ ।

बोर्डले घरजत्रै अग्लो होर्डिङ बोर्ड देखि लिफलेट बाड्ने, पोस्टर टाँस्ने, १ माइकिङ गर्नेलाई समेत कारबाही गरेको छ ।

महानगरपालिकाले सोमबार पनि २६ हजार कारबाही स्वरुप असुली गरेको छ । महानगरपालिकाले सोमबार थापाथली प्रसूति गृह प्रवेश गर्ने स्थानमा रहेको ठुलो होर्डिङ्ग बोर्ड निकालेको छ ।

महानगरपालिकाले पहिलो पटक ५८ हजार, दोस्रो पटक ७० हजार र तेस्रो पटक २६ हजार रुपैयाँ जरिवाना गराएको छ ।