काठमाडौं । अहिले नेपालमा ५ खर्ब ९ अर्ब रुपैयाँ बराबरका नेपाली नोटहरु चलनचल्तीमा रहेका छन् भने मंसिर महिनासम्ममा बैंकिङ प्रणालीमा १४ अर्ब ९३ करोड रूपैयाँको नोट रहेका छन्।
राष्ट्र बैंकका अनुसार हालसम्म ५ खर्ब २४ अर्ब ७९ करोड रुपैयाँ बराबरका नोट निष्काशन भएका छन् ।
विदेशी मुद्रा र सेक्युरिटिज लगातार घटिरहेको छ । मंसिर महिनामा विदेशी मुद्रा र सेक्युरिटिज ५ खर्ब २४ अर्ब रूपैयाँ छ। कात्तिकमा ५ खर्ब ३७ अर्ब र असोज महिनामा भने ५ खर्ब ६३ अर्ब रूपैयाँ थियो।
रेमिट्यान्स आप्रबाह घट्दा विदेशी मुद्रा र सेक्युरिटिज घटेको हो ।
राष्ट्र बैंकको बैंकिङ कार्यलयमा १४ अर्ब ९३ करोड रुपैयाँ बराबरका नोट मौज्दात छन् भने विदेशी बैंकमा ६१ अर्ब ३५ करोड रुपैयाँ मौज्दा त छ ।
SHARE YOUR THOUGHTS