काठमाडौं । प्रभु बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदरमा मुद्दतितर्फ संस्थागतमा ८.५० र व्यक्तिगत तर्फ ९.२५ प्रतिशत ब्याज रहेको छ ।
यस्तै बचततर्फ बैंकको सबैभन्दा बढी ६.५० र सबैभन्दा कम १ प्रतिशत रहेको छ । हाल बैंकले २१ वटा बचत खाता सञ्चालनमा ल्याएको छ ।
बैंकको असोज मसान्तसम्मको आधार दर ९.२४ प्रतिशत रहेको छ । बैंकबाट ब्याज लिँदा १४.२४ प्रतिशत ब्याज लाग्ने छ ।
बैंकबाट हायर पर्चेज, सेयर धितोकर्ता, इमोर्ट लोन, डिमान्ड लोन, टर्म लोन, कर्पोरेट लोन, होम लोन, हाउजिङ लोन, अटोलोन, शैक्षिक धितोकर्जा, हायर पर्चेज कर्जा लिँदा १४.२४ प्रतिशत ब्याज लाग्ने छ ।
SHARE YOUR THOUGHTS