काठमाडौं । सेयर कारोबार भएदेखि नै बजारमा देखिएको उतारचढाव अन्तिमसम्म देखिएको छ । बजारमा कारोबार मापन गर्ने सूचक १.९२ अंकले घटेर ११६६.०३ बिन्दुमा रोकिएको छ ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १.०१ अंकले घटेर २५२.३१ बिन्दुमा रोकिएको छ । १७७ कम्पनीको १३ लाख २ हजार ९८६ कित्ता सेयर ४४ करोड २२ लाख ५६ हजार १५६ रुपैयाँमा किनबेच भएको छ ।
१२ वटा समूहको कारोबारमा बैंकिङ समूहको २.०४, डेभलपमेन्ट बैंकको ४.८८ जलविद्युत समूहको ६.४५, माइक्रोफाइनान्स समूहको उपसूचक १८.९७ अंकले बढेको छ । यस्तै निर्जीबन बीमा १३.७५, जीव बीमा समूहको उपसूचक ४.८ अंकले घटेको छ ।
कारोबार रकमको आधारमा नेपाल लाइफ इन्स्योरेन्स अग्रस्थानमा रहेको छ । नेपाल लाइफको ६ करोड १७ लाख ८५ हजार ७१० रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै दोस्रो र तेस्रो स्थानमा क्रमशः शिवम् सिमेन्ट र हिमालयन डिस्ट्रिलरी रहेका छन् ।
बिशाल बजार कम्पनी, सिभिल लघुवित्त वित्तीय संस्था, कर्पोरेट डेभलपमेन्ट बैंक, मिथिला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाउँदा नेपाल दुरसञ्चार कम्पनी, यूनियन हाईड्रो, मञ्जु श्री फाइनान्सका लगानीकर्ताले गुमाएका छन् ।
SHARE YOUR THOUGHTS