बैंकका कर्मचारीलाई बिनाब्याज अर्बौं ऋण « Eglish Khabarhub

बैंकका कर्मचारीलाई बिनाब्याज अर्बौं ऋण


१६ पुस २०७६, बुधबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । तपाईंलाई लाग्नसक्छ बैंक तथा वित्तीय संस्थाहरुले सबैलाई एकै प्रकारको ब्याजदरमा कर्जा तथा सापटी दिन्छन् ।

बैंकहरुले सार्वजनिक गरेका ब्याजदर हेर्दा त्यस्तै देखिन्छ ।

तर, त्यस्तो होइन । सर्वसाधारणसँग कसेर व्याज असूल्ने बैंकहरुले आफ्ना कर्मचारीलाई भने बिनाब्याज ऋण दिँदै आएका छन् ।

कर्मचारीलाई प्रोत्साहन गर्ने उदेश्यले बैंकहरुले सापटी दिने गरेका हुन् । यस्तै सुविधाका कारण बैंकको जागिर अति अकर्षक मानिएको हो ।

चालू आर्थिक वर्षको कात्तिक मसान्त सम्ममा बैंकहरुले आफ्ना कर्मचारीलाई ४३ अर्ब ६२ करोड ४१ लाख रुपैयाँ कर्जा सापटी दिएका छन् । जुन गत आवको साही अवधिको तुलनामा १९.९२ प्रतिशतले बढी होे ।

सञ्चालक समितिको निर्णयअनुसार व्यवस्थापनले कर्मचारीलाई बेसरेटभन्दा तल, अत्यन्तै न्यून वा ब्याजदर नै नलिई सापटीस्वरुप कर्जा दिँदै आएका छन् ।

यस्तो प्रकारको कर्जा कर्मचारी विनियामवालीमै व्यवस्था गरेर सबै बैंक तथा वित्तीय संस्थाले उपलब्ध गराउँदै आएका छन् ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका कार्यकारी अधिकृत र उच्च व्यवस्थापनले आफ्नो संस्थाबाट घर कर्जा, औषधि उपचार कर्जा र सवारी कर्जादेखि बाहेक अन्य कर्जा उपयोग गर्न नपाउने व्यवस्था गरेको राष्ट्र बैंकका सह–प्रवक्ता गोविन्द नागिलाले बताए ।

‘संस्थागत कर्मचारी नियामावलीमा तोकेको सुविधा उपयोग गर्न पाउँछन्,’ उनले क्लिकमाण्डूसँग भने ‘कर्मचारीलाई कर्जा सापटी दिन राष्ट्र बैंकबाट कुनै प्रकारको स्वीकृति लिनु पर्दैन ।’

सञ्चालक समितिले जे जति र जस्तो सुविधा कर्मचारीलाई दिने निर्यण गर्छ सोही अनुसार कर्मचारीले कर्जा सुविधा पाउने हुँदा कर्जा र त्यसको ब्याजदरमा राष्ट्र बैंकको हस्तक्षेप नहुने उनको भनाइ छ ।


चालु आवको कात्तिक मसान्तसम्म सञ्चालनमा रहेका २८ वटा वाणिज्य बैंकले ४१ अर्ब १० करोड २८ लाख रुपैयाँ र २५ वटा विकास बैंकले २ अर्ब ५२ करोड १६ लाख रुपैयाँ कर्मचारीलाई कर्जा सापटी सुविधामा खर्च गरेका छन् । गत आवको कात्तिकमा कर्मचारीलाई कर्जा सापटी सेवामा २८ वटा वाणिज्य बैंकले ३६ अर्ब ३७ करोड ५७ लाख रुपैयाँ कर्जा सापटी सुविधामा खर्च गरेका थिए  । यस्तै सञ्चालनमा रहेका २५ वटा विकास बैंकले चालु आवको कात्तिक मसान्तसम्म २ अर्ब ५२ करोड १६ लाख रुपैयाँ कर्मचारीलाई कर्जा सापटी सुविधामा खर्च गरेका छन् । भने गत आवको सोहि अवधिमा करोड ७३ लाख रुपैयाँ कर्जा सापटी सुविधा अन्तर्गत रहेर कर्मचारीलाई खर्च गरेका थिए ।

बैंक तथा वित्तीय संस्थाको प्रमुख आयस्रोत भनेकोे ब्याज आम्दानी नै हो । जनताबाट निक्षेप संकलन गरेर तिनै जनतालाई कर्जा प्रवाह गर्दा बैंकहरुले निश्चित स्प्रेडदर राखेर कर्जाको प्रकारपिच्छे फरक–फरक ब्याजदर निर्धारण गरेका हुन्छन् ।

हाल अधिकांश बैंकहरुको कर्जामा न्यूनतम १२ प्रतिशतदेखि १७/१८ प्रतिशतसम्म ब्याजदर तोकिएको छ ।

कर्मचारीलाई कर्जा सापटी बापत कति ब्याज लिने वा कर्जा लिएवापत कर्मचारीबाट संस्थाले के लाभ उठाउने बैंकहरु आफैंले तय गर्ने गरेका राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बताए ।

‘कर्मचारीलाई हामीले कर्जा नभनी संस्थाले दिने सुविधा भनेर कर्जा सापटी दिन्छौ,’ उनले भने ‘साधारण कर्जाको ग्राहकलाई भन्दा सस्तो ब्याजमा कर्मचारीले कर्जा सापटी पाउँछन् ।’

बैंकमा स्थायी नियुक्ती पाएका कर्मचारीले मात्र यस्तो प्रकारको सुविधा उपयोग गर्न पाउने उनको भनाइ छ ।

राष्ट्रिय वाणिज्य बैंकले चालु आवको कात्तिक मसान्तसम्म ४ अर्ब ८१ करोड ३४ लाख रुपैयाँ कर्मचारीलाई कर्जा सापटी दिएको छ ।

बैंक तथा वित्तीय संस्थाले कर्मचारी विनियमावली बनाएर राष्ट्र बैंकमा स्वीकृत गराउनुपर्ने हुन्छ । राष्ट्र बैंकले स्वीकृत गरेको कर्मचारी विनियामवाली मात्र बैंकहरुले कर्मचारीमा लागू गर्न पाउँछन् ।

त्यही कर्मचारी विनियामवाली अन्तर्गत रहेको कर्मचारी सुविधामा संस्थागत कर्जा सापटीमार्फत् सञ्चालक समितिले आफ्ना कर्मचारीलाई दिने कर्जा सापटीको सुविधा र त्यसको लाभ कति र कसरी दिने निर्धारण गरेका हुन्छन् । कर्मचारीलाई प्रवाह गरिने कर्जाको नियमन भने राष्ट्र बैंकले गर्ने गरेको छैन ।

कर्मचारीलाई कर्जा सापटीमार्फत् हाल अधिकांश बैंकहरुले घर कर्जा, सवारी कर्जा, शैक्षिक कर्जा, औषधि उपचार कर्जा, सामाजिक कर्जा ओभर ड्राफ्ट र अन्य घरायसी कर्जा प्रवाह गर्ने गरेका छन् । बैंकहरुका सबै कर्मचारीले सो सुविधा भने उपयोग गर्न पाउँदैनन् ।

बैंकमा स्थायी रुपमा नियुक्त भएको १ देखि ५ वर्ष पूरा भएका कर्मचारीले मात्र यस्तो प्रकारको कर्जा सुविधा उपयोग गर्न पाउने बैंकका कर्मचारीहरु बताउँछन् ।

कर्मचारीलाई कर्जा सापटी सुविधा दिएका बैंकहरुले कर्मचारीलाई कर्जाको ब्याजभन्दा कर्जाको बीमा गराएर त्यसको शुल्क तलबबाट कटाउने गरेका छन् ।

कर्जा सापटी सुविधा दिएर कर्मचारीलाई कर्जाको बीमा गराई सो बापतको लाभांश भने संस्थाले नै लिने गरेको नेपाल वित्तीय क्षेत्र कर्मचारी संघका बरिष्ठ उपाध्यक्ष धर्मप्रसाद खनालले क्लिकमाण्डूलाई बताए ।

‘कर्जाको ब्याजभन्दा संस्थाले बीमा गराएर प्रिमियममा तलबबाट बीमा कम्पनीमा पठाइदिन्छ,’ उनले भने ‘कर्मचारीले गरेको बीमाको लाभांश भने बैंकहरु आफैंले लिन्छन् ।’
बीमा कम्पनीले दिने लाभांश केही बैंकहरुले मात्र कर्मचारीलाई केही प्रशित दिने गरेको उनको भनाइ छ ।

बैंक तथा वित्तीय संस्थाका सञ्चालक समितिको निर्णयअनुसार व्यवस्थापनले कर्मचारीलाई सहुतियतमा कर्जा सापटी दिने गरेको माछापुच्छ्रे्र बैंकका डेपुटी सीइओ सन्तोष कोइरालाले बताए ।

‘कतिपय बैंकले कष्ट अफ फण्डको आधारमा कर्जा सुविधा कर्मचारीलाई दिन्छन्,’ कोइरालाले भने ‘कर्जाको ग्राहकलाई जस्तो बेसरेटमा यति प्रतिशत भन्ने हुँदैन ।’

कतिपय कर्मचारी युनियनहरुले नै यस्तो प्रकारको कर्जाको ब्याजदर कति र कर्जा लिए वापत के तिर्ने बार्गेनिङ गरी तय गर्ने उनको भनाइ छ ।

माछापुच्छ्रे बैंकले चालु आवको काक्तिक मसान्तसम्ममा १ अर्ब १७ करोड रुपैयाँ कर्मचारीलाई कर्जा सापटी दिएको छ । गत आवको सोही अवधिमा यस्तो प्रकारको कर्जा बैंकबाट ६८ करोड ६४ लाख रुपैयाँ प्रवाह भएको थियो ।

माछापुच्छ्रे बैंकले बैंकको कर्मचारीलाई दिएको कर्जाको ब्याज लिएको छैन् ।

‘कर्जाको इन्स्योरेन्स गरिएको हुन्छ,’ उनले भने ‘कर्मचारीले इन्स्योरेन्सको प्रिमियम तिर्दा कर्जाको ब्याज पनि त्यसैमा जोडिन्छ ।’

बैंकले कर्जा सुविधा र १ वर्ष सम्मका लागि ओभर ड्राफ्टको पनि सुविधा कर्मचारीलाई दिएको उनले जानकारी दिए ।

कर्मचारी कर्जा बैंकहरुले फरक–फरक प्रक्रियाबाट दिने ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले क्लिकमाण्डूलाई बताए ।

‘सेवा र उसको तलब अनुसार कर्मचारीलाई दिइने कर्जा सुविधाको दायरा फरक हुन्छ,’ उनले भने ‘हाम्रो बैंकमा कर्मचारीलाई दिने कर्जाको ब्याजदर तोकेका छैन् ।’

ज्ञवाली भन्छन्, ‘कर्मचारीको ८६ महिनाको तलब बराबरको घर कर्जा बैंकले दिन्छ, यसको ब्याज उनीहरुले तिर्नु पर्दैन ।’

बैंकले कर्जाको बीमा गराएर बीमा शुल्क कर्मचारीको तलबबाट कटाउने उनले बताए । ज्योति विकास बैंकले चालु आवको कात्तिक मसान्तसम्ममा २४ करोड ८३ लाख रुपैयाँ कर्जा सापटी कर्मचारीलाई दिएको छ ।

प्रकाशित मिति : १६ पुस २०७६, बुधबार ००:००  ११ : ०८ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping