लगानीकर्ताको द्वन्द्वले डुब्यो भैरवकुण्ड हाइड्रो, ४ बैंकको ४० करोड ऋण तिर्न ३५ दिने अल्टिमेटम « Eglish Khabarhub

लगानीकर्ताको द्वन्द्वले डुब्यो भैरवकुण्ड हाइड्रो, ४ बैंकको ४० करोड ऋण तिर्न ३५ दिने अल्टिमेटम


१६ पुस २०७६, बुधबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । सञ्चालकहरुको विवादका कारण बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण तिर्न नसकेपछि भैरवकुण्ड हाइड्रोपावर लिमिटेडलाई ३५ दिनभित्र ऋण तिर्न आउन बैंकले बुधबार सार्वजनिक सूचना निकालेको छ ।

सिन्धुपाल्चोकको लार्चामा सञ्चालन भएको भैरवकुण्ड हाइड्रोपावर लिमिटेडले ३ मगावाट क्षमताको भैरवकुण्ड खोला साना जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ ।

जुरेको पहिरो, भूकम्प, हेडवक्र्समा आएको पहिरो र भोटेकोसीमा आएको बाढीका कारण क्षति पुगेको परियोजना पुनर्निर्माण सम्पन्न भएपछि पुनः सञ्चालनमा आएको थियो ।

सो आयोजनालाई सानिमा बैंकको अगुवाईमा बैंक अफ कमाठमाडौं, एनएमबी बैंक, एनआइसिएशिया बैंक र मञ्जुश्री फाइनान्स र ग्लोबल आइएमईले करिब ४० करोड रुपैयाँ ऋण लगानी गरेका छन्

यसअघि पनि बैंकहरुले ३५ दिने सूचना सार्वजनिक गरेपछि जलविद्युत् कम्पनीका सञ्चालकहरुले थारै ऋण तिरेका थिए । पटक पटक ताकेता गर्दा समेत ऋण तिर्न नआएकाले पुनः सूचना प्रकाशित गरिएको एक बैंकका उच्च अधिकारीले जानकारी दिए ।

‘एउटै सञ्चालकसँग सबै ऋण तिर्नसक्ने हैसियत छ तर उहाँहरुबीचको द्धन्द्धले समस्या उत्पन्न भएको हो,’ बैंक स्रोतले भन्यो ।

ती अधिकारीका अनुसार पटक पटक ऋण तिर्न आउन आगा्रह गर्दा समेत सञ्चालकहरु तयार नभएपछि पुनः ३५ दिने सूचना सार्वजनिक गरी ऋण तिर्न आउन भनिएको हो ।

सानिमा बैंकको अगुवाईमा विभिन्न बैंक तथा वित्तीय संस्थाको सहवित्तीयकरणमा कर्जा लिएकामा सहभागी बैंकलाई समय समयमा तिर्न बुझाउनुपर्ने साँवा, व्याज, किस्ता आदि रकम नतिरी, नबुझाई ऋण कर्जा सम्बन्धी शर्त उल्लंघन गरेको र बै.कबाट बारम्बार मौखिक तथा लिखित ताकेता गर्दा समेत ऋण बुझाउन नआएकाले ३५ दिनभित्र ऋण तिर्न आउन सूचनामा आग्रह गरिएको छ ।

यो सूचनालाई वेवास्था गरिएमा नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम कर्जा सूचना केन्द्रको कालो सूचीमा राख्नुपर्ने सूचनामा उल्लेख छ । कर्जाको सुरक्षणका लागि बैंकका धितो रहेको परियोजनालगायत चल अचल सम्पत्ति समेत लिलाम गर्न सकिने उल्लेख गरिएको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको कम्पनी रजिष्ट्रारको कार्यालयमा सो कम्पनी २०५९/६० मा दर्ता भएको र केन्द्रीय कार्यालय कमलपोखरीमा रहेको छ ।

बैंकबाट ऋण लिदा सो जलविद्युत् कम्पनीले साविक तातोपानी गाविसका विभिन्न कित्ता जग्गा र सो जग्गामा रहेको ३ मेगावाट क्षमताको आयोजना , सम्पूर्ण घर तथा टहरा, सोमा जडान भएको प्लान्ट, उपकरण , मेशिनरी तथा चल अचल सम्पत्ति धितो राखेको छ । बैंकले सो आयोजना २३ जना सञ्चालकलाई ऋण तिर्न आउन ताकेता गरेको छ ।

त्यसमा सिन्धुपाल्चोकमा अर्जुनबहादुर थापा, डोरबहादुर भण्डाराी, साङ्बु शेर्पा, नरेशलाल श्रेष्ठ, ज्ञानेन्द्रप्रसाद मल्ली, सुरेश श्रेष्ठ, राजेश श्रेष्ठ, विष्णुबहादुर खत्री, अमृतकुमार खडका, कमलकुमार श्रेष्ठ, सिताराम बस्नेत, रामकाजी पौडेल, चन्द्रबहादुर शेर्पा, श्यामबहादुर श्रेष्ठ, श्यामबहादुर श्रेष्ठ, केदारबहादुर थापा, बच्च्ु पौडेल, साङदोर्जे शेर्पा, अनिलभक्त श्रेष्ठ, सुधिरप्रसाद तिम्सिना, विषण्ुबहादुर श्रेष्ठ, दुर्गाबहादुर श्रेष्ठ, शिवमराम श्रेष्ठ, मुकुन्दप्रसाद तिमिल्सिनालाई ३५ दिन भित्र ऋण तिर्न आउन आग्रह गरेको छ ।

विपदका कारण विभिन्न समयमा प्रशारण रोकिएको सो हाइड्रोपावरको उत्पादित विद्युत् ३४ किमि ३३ केभीए ट्रान्समिसन लाइनमार्फत लामोसाँगु सबस्टेसनबाट राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।

हाइड्रोपावरले कम्पनी पब्लिकको जारी पुँजी ६५ करोड रुपैयाँ रहेको छ ।

कम्पनीले ३१ करोड ८३ लाख २८ हजार रुपैयाँ बराबर सर्वसाधारणलाई सेयर निस्कासन गर्ने र सोमध्ये जिल्लाका स्थानीयबासीलाई ६ करोड ५० लाखको सेयर निस्कासन गर्ने तयारी गरेको थियो ।

जिल्लाका स्थानीयलाई छुट्याइसकेपछि ५० लाख ६६ हजारको कर्मचारी र ५ प्रतिशत १ करोड २६ लाख ६६ हजार ४ सय सामाजिक सुरक्षा कोषका लागि र २३ करोड ५५ लाख ९५ हजार १ सय रुपैयाँको सर्वसाधारणलाई वितरण गरिने सार्वजनिक रुपमा जानकारी आएको थियो ।

सेयर निस्काशन गर्न बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटललाई नियुक्ति गरिएको छ । कम्पनीको वार्षिक विद्युत् बिक्रीवापतको आम्दानी ९ करोड ७० लाख छ ।

प्रकाशित मिति : १६ पुस २०७६, बुधबार ००:००  २ : ५६ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping