भ्रमण वर्ष २०२० मा लाखौं पर्यटकलाई स्वागत गर्दैछौंः प्रधानमन्त्री « Eglish Khabarhub

भ्रमण वर्ष २०२० मा लाखौं पर्यटकलाई स्वागत गर्दैछौंः प्रधानमन्त्री


१६ पुस २०७६, बुधबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भ्रमण वर्ष २०२० मा नेपालमा लाखौं पर्यटक ल्याउने बताएका छन् ।

शुभकामना सन्देशमा केपी शर्मा ओलीले भनेका छन्, ‘हामी नेपाल भ्रमण वर्षका रुपमा समेत मनाउँदै लाखौं पर्यटकलाई नेपालमा स्वागत गर्दैछौं ।’

अन्तर्राष्ट्रिय जगतमा नेपालको उपस्थितिलाई थप प्रभावकारी बनाउन सक्यौं भने दूरगामी महत्वको ऐतिहासिक नेपाल भ्रमणमा मित्रराष्ट्रका पाहुनालाई सत्कार गरेको जारी सन्देशमा उल्लेख छ ।

सरकारले विकासका केही दूरगामी योजनाहरु सुरु गरिसकेको र जनताको जीवनमा प्रत्यक्ष परिवर्तन महसुस गराउने केही आयोजनाहरु कामहरु पनि गरेको सन्देशमा उल्लेख छ ।

‘चार वर्ष अघिको बिनाशकारी भूकम्पबाट ध्वस्त भएका संरचनाहरुको पुनःनिर्माण सम्पन्नता उन्मूख छ । ब्यवसायका लागि सुरक्षित राष्ट्रका रुपमा हाम्रो स्थान केही माथि पुगेको छ भने आयात कटौती र निर्यातमा केही बृद्धि गरि हामी सुदृढ अर्थतन्त्रको जग बसाल्न सफल भएका छौं,’ सन्देशमा उल्लेख छ ।

सरकार समाजिक प्रबृत्ति संक्रमणकालीन संशयहरुलाई चिर्दै विकास, सुशासन र समृद्धितर्फको बहसमा अभ्यस्त हुन थालेको पनि उल्लेख छ ।

‘समृद्ध नेपाल–सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न सरकारले आफ्नो कदम थप अघि बढेको ओलीको भनाई छ ।

ओलीले निर्वाचन मार्फत प्रकट जनचाहनालाई शीरमा राख्दै मैले पटक पटक संकल्प गरेको छु- जनताका अपेक्षालाई कुनै पनि हालतमा बिफल हुन नदिने पनि बताएका छन् ।

प्रकाशित मिति : १६ पुस २०७६, बुधबार ००:००  १२ : ०३ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping