अर्घाखाँची सिमेन्टको धन वर्षा योजना, मनोजकुमार सिलवालले जिते १ लाख « Eglish Khabarhub

अर्घाखाँची सिमेन्टको धन वर्षा योजना, मनोजकुमार सिलवालले जिते १ लाख


१६ पुस २०७६, बुधबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । देशकै उत्कृष्टमध्येको एक अर्घाखाँची सिमेन्ट प्रालिले उपभोक्ताको लागि सार्वजनिक गरेको ‘धन वर्षा’ योजनाअन्तर्गत आज जडिबुटी, काठमाडौंका मनोज कुमार सिलवालले एक लाख रुपैयाँ बराबरको नगद पुरष्कार जितेकाछन् ।

कम्पनीका सहायक महाप्रबन्धक रमेश थापाले विजेता सिलवाललाई आज एक कार्यक्रमबिच उपहार रकमको चेक हस्तान्तरण गरे ।

सिलवालले घर निर्माणको लागि सातदोबाटो ललितपुरस्थित मेरु इन्टरप्राइजेजबाट गएको हप्ता अर्घाखाँची ओपिसी सिमेन्ट खरिद गरेका थिए ।

‘इन्जिनीयर तथा अन्य साथीहरुको सल्लाहमा अर्घाखा“ची सिमेन्ट नै सबैभन्दा गुणस्तरीय हो भन्नेमा ढुक्क भइ आफ्नो घरमा सोही सिमेन्ट प्रयोग गर्ने निधो गरेको थिए“,’ चेक पाएर हर्षित ४९ बर्षिय सिलवालले भने, ‘यस नगद पुरष्कार पाएपश्चात मेरो यस ब्राण्डप्रतिको विश्वास र सद्भावमा अझै बृद्धि भएको छ ।’

यसरी एक लाख बराबरको नगर पुरष्कार पाउने सिलवाल दोश्रो उपभोक्ता हुन् । उनीभन्दा पहिला तीन साताअघि बुटवलकी बिन्दु खनालले पनि सोहि रकम बराबरको नगद पुरष्कार जित्न सफल भएकी थिइन् ।

स्थापनाको पाँचौं वर्षगाँठको उपलक्ष्यमा अर्घाखाँची सिमेन्ट प्रा. लील मंसिर ८ गतेदेखि दुई महिनाका लागि धन वर्षा योजना संचालनमा ल्याएको थियो ।

योजनाअन्तर्गत हालसम्म सयौं उपभोक्ताहरुले रु १००, रु ५००, रु १०००, रु १०,०००, रु २५०००, रु ५० हजार र रु १ लाखसम्मको सुयोर सट नगद उपहार हासिल गरिसकेकाछन् ।

यस योजनाअन्तर्गत ग्राहक तथा उपभोक्ताले अर्घाखाँचीको जुनसुकै (ओपिसी वा पिपिसी) १५ बोरा सिमेन्टको खरिदमा एक स्क््रयाच कुपन पाउनेछन् ।

प्रकाशित मिति : १६ पुस २०७६, बुधबार ००:००  १ : २७ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping