एनसेलको ‘रिचार्जमा चमत्कार’ योजना, अस्पतालमा उपचाररत कामतीले जिते १० लाख रुपैयाँ « Eglish Khabarhub

एनसेलको ‘रिचार्जमा चमत्कार’ योजना, अस्पतालमा उपचाररत कामतीले जिते १० लाख रुपैयाँ


१६ पुस २०७६, बुधबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौ । सडक दुर्घटनामा परी हाल विराटनगर नर्सिङ् होममा उपचाररत सिराहाका जितेन्द्र कुमार कामतीले एनसेलको ‘रिचार्जमा चमत्कार’ योजनामा नगद १० लाख जितेका छन् । यस योजना अन्तर्गत पहिलो महिनाको पुरस्कार जित्ने कामती भाग्यशाली ग्राहक बनेका छन् ।

मंसिर ३० गते प्रत्यक्ष प्रसारण भएको एक टेलिभिजन कार्यक्रम मार्फत कामती यो योजनाको पहिलो मासिक विजेताका रुपमा छानिएका थिए । बुधबार (पुष १६) गते चर्चित हास्य कलाकार जितु नेपालले उनी उपचारत रहेको अस्पतालमा गई१० लाखको चेक हस्तान्तरण गरेका थिए ।

आफ्नो कष्टमर लोयल्टी कार्यक्रम अन्तर्गत एनसेलले यो ‘रिचार्जमा चमत्कार’ योजना २०७६ मंसिर १ देखि संचालन गर्दै आएको छ । यस योजना अन्तर्गत हरेक योग्य ग्राहकले प्रत्येक हप्ता रु२ लाख नगद र प्रत्येक महिना १० लाख नगद जित्ने मौका पाउँछन् ।

अस्पतालमा छोराको उपचार खर्च तिर्नका लागि पैसाको खाँचो परेको बेलामा यो नगद पुरस्कार एक ठूलो आश्चर्य र राहतको रुपमा आएको जितेन्द्र कुमार कामतीका बुबा हरी किशोर कामतीले बताए । “छोरा केही दिनमा डिस्चार्ज हुने आशामा छौं,  जितेन्द्रका बुबाले भने । यो पैसाले केही व्यापार पनि गर्ने योजनामा छौं ।

यो योजनाको पहिलो ६ हप्ता सम्ममा ३० जना भाग्यशाली ग्राहकले जनही २ लाख जितेका छन् । ती ३० जना मध्ये ९ जना ग्राहकले आ—आफ्नो नगद पुरस्कार ग्रहण गरी सकेका छन् र २१ जना ग्राहकहरु प्रमाणिकरण प्रक्रियामा रहेका छन् ।

एनसेलका प्रिपेड र पोष्टपेड सेवाका सबै ग्राहकहरुले हप्तामा १०० वा यस भन्दा बढिको रिचार्ज गरी साप्ताहिक वा मासिक नगद पुरस्कार जित्नका लागि योग्य हुन्छ सक्छन् । आइतबार देखि शनिबारको साप्ताहिक चक्रमा यो योजनामा संचालन भईरहेको छ र योजनाको प्रत्येक चार हप्ताको समापनसँगै त्यस महिनाको एक भाग्यशाली ग्राहकको पनि घोषणा हुने एनसेलले जनाएको छ ।

ग्राहकहरुले १०० वा त्यो भन्दा बढिको ब्यालेन्स रिचार्जमा प्रत्येक १०० बराबरको एक विषेश कोड एसएमएस मार्फत प्राप्त गर्छन् । उदाहरणका लागि यदि कुनै ग्राहकले रु ३५० रिचार्ज गर्दछ भने उसले तीन विषेश कोड नम्बरहरु प्राप्त गर्दछ । त्यसैगरी ग्राहकले ५०० रिचार्ज गरेमा पाँच वटा विषेश कोडहरु प्राप्त हुन्छन ।

यसरी प्राप्त हुने प्रत्येक कोडलाई ग्राहकले नगद पुरस्कार दाबी गर्नका लागि सुरक्षित राख्न पर्ने हुन्छ ।

प्रकाशित मिति : १६ पुस २०७६, बुधबार ००:००  ५ : २२ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping