नाडाका प्रतिनिधिमण्डलसँग गभर्नर नेपालले भने- निजी गाडी आजको दिनमा आवश्यकता हो « Eglish Khabarhub

नाडाका प्रतिनिधिमण्डलसँग गभर्नर नेपालले भने- निजी गाडी आजको दिनमा आवश्यकता हो


१६ पुस २०७६, बुधबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरन्जिवी नेपालले निजी सवारीसाधन आजको दिनमा आवश्यक्ता रहेको बताएका छन् ।
नाडाका नवनिर्वाचित अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको गएको प्रतिनिधि मण्डलसँगको भेटमा गभर्नर नेपालले अटोमोबाइल्स क्षेत्रलाई अनुत्पादक क्षेत्रको रुपमा नहेरेको बताए ।

भेटमा नेपाल राष्ट्र बैंकले हालै ल्याएको निर्देशिका ले नेपालको समग्र अटोमोवाइल व्यवसायमा पारेको प्रभाव र त्यसको समाधानबारे विस्तृत छलफल गरेको भेटपछि नाडाले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

नाडा प्रतिनिधि मण्डलले व्यक्तिलाई बैंक र वित्तीय निकायहरुले ऋण दिदा कूल आम्दानीेको ५० प्रतिशत मात्र ऋण दिन सकिने भन्ने निर्देशिकाको व्यवस्थाले अटोमोबाइल्स क्षेत्रलाई पारेको असरको बारेका जानकारी गराएका थिए । जसको जवाफ दिदै गभर्नर नेपालले अटोमोबाइलसलाई कहिले पनि अनुत्पादक क्षेत्रको रुपमा नलिएको बरु यो सर्पोटिभ भएको बताउँदै आजका दिनमा यातायातका साधनहरु अत्यावश्यक भईसकेको बताए।

उनले नेपालको निर्यात बढ्न नसकेको मात्र होइन राजश्वको प्रमुख श्रोत नै बस्तुहरुको आयात भएको र नेपालमा आउने रेमिटान्स समेत घटिरहेको भन्दै चिन्ता प्रकट गरे। सोही छलफलको क्रममा उनले अटोमोवाइल व्यवसायीहरुले सार्वजनिक सवारी साधन, व्यक्तिगत रुपमा प्रयोग हुने सवारी साधन र हेवि इक्यूपमेण्टसगरी तीन किसिमबाट प्रस्तुत हुनु पर्ने सुझाव समेत दिए।

व्यवसायी, बैंक तथा वित्तीय निकायहरुकै राय सझावहरुलाई मनन गर्दै यो निर्देशन ल्याइएको गभर्नर नेपालले बताए। छलफलमा नाडाका अध्यक्ष कृष्णप्रसाद दुलाल लगाएत नाडाका निबर्तमान अध्यक्ष शम्भुप्रसाद दाहाल, उपाध्यक्ष करण चौधरी, महासचिव सुनिल रिजाल, सहकोषाध्यक्ष विक्रम सिंहानिया र केन्द्रीय कार्य समिति सदस्य दीपक अग्रवाल समेतको उपस्थिति रहेको थियो।

प्रकाशित मिति : १६ पुस २०७६, बुधबार ००:००  ६ : १६ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping