नेपाल भ्रमण वर्षको भव्य उद्घाटन, दर्शक कम हुँदा भरिएन रंगशाला « Eglish Khabarhub

नेपाल भ्रमण वर्षको भव्य उद्घाटन, दर्शक कम हुँदा भरिएन रंगशाला


१६ पुस २०७६, बुधबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]


काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० को आजदेखि शुभारम्भ गरिएको छ । त्रिभपुरेश्वरस्थित दशरथ रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरिन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटनलाई सम्बोधन गर्दै प्रकृतिलाई जोगाउँदै पर्यटन विकास गर्नुपर्ने आवश्यकता रहेको बताइन् । उनले २ दशकदेखि शिथिल नेपालको आर्थिक सामाजिक अवस्था अब पर्यटनका माध्यमबाट उकास्नुपर्ने बताइन ।

भ्रमण वर्ष सफल बनाउन सबैतर्फबाट सहयोग र सहभागिताबाट मात्रै सम्भव भएकाले सबै नेपाली एकजुट हुन आव्हान समेत गरिन् ।

पर्यटनलाई आर्थिक आधारका रुपमा लिई मुलुकको योजनाबद्ध पर्यटन विकासमा जोड दिँदै उनले यसका लागि स्रोत र साधनको उपयोग गर्न आग्रह गरिन् ।

‘वसुधैव कुटुम्बकमको मान्यताबाट प्रेरित भई विश्व शान्ति, मानवता र भ्रातृत्वका लागि नेपालीहरु एकजुट हुनुपर्छ,’ उनले भनिन् ।

राष्ट्रपति भण्डारीले नेपाल उत्कृष्ट पर्यटन गन्तव्य भएको र यहाँ सगरमाथा, लुम्बिनी, चितवन, अन्नपूर्णबाहेक अन्य थुप्रै पर्यटन गन्तव्य भएको बताउँदै पर्यटन विकासका लागि प्राकृतिक, सांस्कृतिक, पर्यावरणीयमैत्री र भौतिक विकास गर्नुपर्नेमा जोड दिइन । पर्यटकलाई देशभित्रै उत्पादन भएका वस्तु खानपान र प्रयोग गराउनुपर्ने सुझाव पनि दिइन ।

सो अवसरमा चीनका सहायक पर्यटनमन्त्री वाङ सियाओफेङ, भारतका पर्यटन राज्यमन्त्री प्रल्हादसिंह पट्टेल, म्यानमाका प्राकृतिक स्रोत तथा वातावरण संरक्षणमन्त्री यू ओहन मौङ, जमैकाका पर्यटनमन्त्री ओन मउङले नेपालमा बढीभन्दा बढी पर्यटक ल्याउन आआफ्नो मुलुकले सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे ।

चिनियाँ सहायकमन्त्री वाङले चीनमा पर्यटन प्रवद्र्धनका कार्यक्रम आयोजना गर्न नेपाललाई आग्रह गरिन भने म्यान्माली मन्त्री मौङले आगामी मार्चमा म्यान्मामा नेपाल भ्रमण वर्षलाई सहयोग पुग्ने गरी अभियान चालिने जानकारी दिइन ।

भारतीय राज्यमन्त्री पट्टेलले पशुपतिनाथ र सीतारामका माध्यमले नेपाल र भारतले पर्यटन विकास गर्नुपर्ने बताए । त्यस्तै, जमैकाका मन्त्री मउङले पर्यटन विकासका लागि नेपालका संस्थाहरुसँग मिलेर काम गरिने जानकारी दिए ।

लाखौं मानिस रंगशालामा जम्मा गर्ने भनिए पनि थोरै संख्यामा मात्रै दर्शकहरु उपस्थित थिए । विशेष पासको व्यवस्था गरिएको उद्घाटनमा आधा स्टेडियम खाली थियो । जम्मा १५ हजार दर्शकको क्षमता भएको रंगशालामा ६ हजारको हाराहारीमा दर्शक जम्मा भएका थिए ।

कार्यक्रममा महानायक राजेश हमालले विशेष मन्तव्य राख्दै विश्वमा नेपाल भम्रणको पहिलो सूचीको गन्तव्य भएको बताए । उनले नेपाल विश्वका पर्यटकलाई स्वागत गर्न तयार रहेको भन्दै विदेशी पर्यटक नेपाल आउनेमा विश्वास व्यक्त समेत गरे ।

प्रकाशित मिति : १६ पुस २०७६, बुधबार ००:००  ८ : ५५ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping