काठमाडौं । सन् २०१९ अटोमोवाइल्स क्षेत्रका लागि निराशाजनक वर्षका रुपमा रह्यो । निराशाजनक अवस्थाकाबीच भारतमा मर्सिडिज बेन्ज लक्जरी कारमेकरमध्ये बेस्ट सेलिङ कार मेकर बनेको छ ।
बेस्टसेलिङ लक्जरी कारमेकर बनेको मर्सिडिज बेन्जले सन् २०१९ मा १३ हजार ७ सय ८६ युनिट गाडी बिक्री गरेको जनाएको छ ।
सन् २०१९ को बेस्टसेलिङ लक्जरी कारमेकर कम्पनी बनेपनि अघिल्लो वर्षको तुलनमामा कम गाडी बिक्री भएका छन् ।
सन् २०१८ मा १५ हजार ५ सय ३८ युनिट गाडी बिक्री भएका थिए भने उक्त संख्या सन् २०१९ मा घटेर १३ हजार ७ सय ८६ कायम भएको हो । यो संख्या ९.९ प्रतिशतले कम हो ।
सन् २०१९ को चौथो क्वाटरमा मर्सिडिजले सर्वाधिक गाडी बिक्री गरेको थियो । उक्त क्वाटरमा ३ हजार ८ सय ७१ युनिट गाडी बिक्री भएका थिए ।
वर्षभरीको बिक्री तथ्याङक अनुसार इ क्लास सेडान सर्वाधिक बिक्री हुने मोडल हो । सि क्लास सेडान र सिएलए पनि राम्रो बिक्री हुने मोडल छन् ।
कम्पनीले जनाएअनुसार कम्पनीद्वारा उत्पादित सबै रेन्जका गाडी विएस–६ मापदण्ड अनुसार भएका छन् ।
SHARE YOUR THOUGHTS