काठमाडौं । प्रदेश नम्बर ३ को स्थायी राजधानी हेटौंडा पारित भएको छ । आइतबार बिहान प्रदेश नम्बर ३ को प्रदेश सभा बैठकले दुई तिहाइ मतका साथ स्थायी राजधानी हेटौडा कायम गर्ने प्रस्ताव पास भएको हो ।
हेटौँडा राख्ने प्रस्तावमा १०५ मत र विपक्षमा ३ मत खरेको थियो ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालयले यसअघि नाम र राजधानबारे निर्णय गरिसकेको थियो । जसलाई नेपाली कांग्रेस, राप्रपा, राप्रपा संयुक्त र नेमकिपाले समर्थन गरेका थिए ।
तर विकेकशिल साझा पार्टीले भने स्थायी राजधानी काभ्रेको धुलिखेर प्रस्ताव गरेको थियो । जसलाई प्रदेश सभाले अस्वीकृत गरेको हो ।
SHARE YOUR THOUGHTS