१ पुस २०८२, मंगलबार

सम्पत्ति शुद्धिकरण हुन नदिन बीमा कम्पनीलाई समितिको निर्देशन


काठमाडौं । बीमा समितिले बीमा कम्पनीलाई सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण रणनीति तथा कार्ययोजना २०७६–८१) कार्यान्वयन गर्नका लागि निर्देशन दिएको छ ।

समितिले बीमा कम्पनीलाई निर्देशन जारी गर्दै उक्त कार्ययोजना कार्यान्वयनमा लाग्न निर्देशन दिएको हो ।

समितिले उक्त राष्ट्रिय रणनीति तथा कार्ययोजनामा बीमा क्षेत्रका लागि तोकिएको जिम्मेवारीलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न तोकिएका जिम्मेवार र सहयोगी निकायबाट यो कार्ययोजना बमोजिम गर्नुपर्ने कार्यक्रम एकआपसमा समन्वय गरी निर्धारित समयभित्रै सम्पादन गरी आवधिक प्रतिवेदन समितिमा बुझाउन समेत निर्देशन दिएको छ ।

यसले बीमा क्षेत्रको जोखिमका क्षेत्रहरु पहिचान गरी सोही आधारमा सुधारका कार्यलाई थप तीव्रता दिइ राष्ट्रिय रणनीतिको प्रभावकारी कार्यान्वयनका लागि विभिन्न नीतिगत, कानूनी एंव संस्थागत व्यवस्थाहरु लागू गर्न आवश्यक रहेको बीमा समितिको तर्क छ ।

यसले बीमा क्षेत्रको जोखिम मूल्यांकन गर्नुका साथै यो क्षेत्रलाई सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापलाई न्यूनीकरण गर्न सहयोग पुग्ने समितिको बुझाइ छ ।