काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सिटी एक्प्रेस फाइनान्सको कारोबार रोक्का गरेको छ । फाइनान्स कम्पनीलाई नेपाल इन्भेष्टमेन्ट बैंकले एक्वार गर्ने भएपछि नेप्सेले कारोबार रोक्का गरेको हो ।
बैंक र फाइनान्स कम्पनी बीच सोमबार (आज) एक्विजिशन सम्बन्धी सम्झौता भएको छ । बैंक तथा वित्तीय संस्था मर्जर वा प्राप्ती सम्बन्धी विनियमावी अनुसार सिटी एक्सप्रेस फाइनान्सको सेयर कारोबार रोक्का गरिएको नेप्सेले जनाएको छ ।
SHARE YOUR THOUGHTS