ऋणपत्र र विदेशबाट ल्याएको ऋणमा शतप्रतिशत लगानी गर्न सक्ने, बैंकहरुको ऋण दिने क्षमता बढ्यो « Eglish Khabarhub

ऋणपत्र र विदेशबाट ल्याएको ऋणमा शतप्रतिशत लगानी गर्न सक्ने, बैंकहरुको ऋण दिने क्षमता बढ्यो



काठमाडौं । लामो समयदेखी बैंकले राखेको माग राष्ट्र बैंक ने पुरा गरिदिएको छ । बैंकहरुले राष्ट्र बैंकले तोकेको पुँजी, कर्जा निक्षेप अनुपात (सीसीडी) मा सहुलियको माग गर्दै आएका थिए ।

सोही मागलाई केही मात्रामा भएपनि सम्बोधन गर्दै नेपाल राष्ट्र बैंकले मंगलबार एकिकृत निर्देशिका २०७६ लाई संशोधन गर्दै जारी ऋणपत्र तथा विदेशी मुद्रा मा लिएको कर्जा वा विदेशी स्रोतबाट संकलित पूँजीबाट कर्जा प्रवाह गर्दा सीसीडीमा छुट दिने व्यवस्था गरेको छ ।

अब भने बैंक तथा वित्तीय संस्थाले ५ वर्षभन्दा बढीको आन्तरिक मुद्राको ऋणपत्रबाट प्राप्त पूँजी र ३ वर्षभन्दा बढीको लागि प्राप्त विदेशी बैंक तथा वित्तीय संस्था वा अन्य विदेशी स्रोतबाट प्राप्त पूँजीलाई शतप्रतितश लगानी थ(गर्न पाउने राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले क्लिकमाण्डूलाई बताए । ‘गत वर्ष देखी बैंक तथा वित्तीय संस्थाहरुलाई विदेशी लगानी ल्याउन ढोका खुल्ला भएको छ,’ उनले भने ‘वैधानिक रुपमा प्राप्त तोकिएको स्रोतका पुँजीलाई बैंक तथा वित्तीय संस्थाले शतप्रतिशत लगानी गर्न पाउनेछन् ।’

अन्य आन्तरिक स्रोत वा तोकिएको समयभन्दा थोरै अवधीको लागी प्राप्त विदेशी मुद्राका लगानीमा भने हाल राष्ट्र बैंकले तोकेको ८० प्रतिशत सीसीडी कायम गरि कर्जा लगानी गर्नु पर्ने उनले बताए ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत कोर क्यापिटलको २५ प्रतिशत अनिवार्य ऋणपत्र जारी गर्नुपर्ने व्यवस्था गरेको छ । बैंक तथा वित्तीय संस्थालाई विदेशबाट ऋण ल्याउनको लागि प्रोत्साहन गरेको छ ।

राष्ट्र बैंकले गरेको सो व्यवस्थाले अब बैंकहरुको कर्जा दिने क्षमता बढ्ने र नाफाको वृद्धिदर उच्च हुने प्रवक्ता भट्टको भनाई छ ।

Publish on: