सेयर बजारमा गिरावट, कारोबार रकम डेढ अर्ब « Eglish Khabarhub

सेयर बजारमा गिरावट, कारोबार रकम डेढ अर्ब



काठमाडौं । लामो समयपछि निरन्तर बढेको सेयर कारोबारमा पछिल्लो दिनमा केही गिरावट देखिन थालेको छ । यसलाई बजारमा करेक्सन देखिएको चर्चा पनि सुरु भएको छ ।

बुधबारको कारोबार रकमका आधारमा नेप्से मापन गर्ने सूचक ७.०५ अंकले घटेर १३१३.४२ बिन्दुमा रोकिएको छ । १७८ कम्पनीको ४९ लाख १४ हजार ४३७ कित्ता सेयर १ अर्ब ५८ करोड १३ लाख ८१ हजार ३६४ रुपैयाँमा किनबेच भएको छ ।

१२ वटा समूहको करोबारमा जीवन बीमा समूहको हरियाली देखिएको छ । बैंकिङ समूहको ८.६१, होटल २३.६७, डेभलपमेन्ट बैंक १७.७२, निर्जीबन बीमा २३.०५, उत्पादन तथा प्रशोधन २३.६८ र माइक्रोफाइनान्स समूहको १०.३६ अंकले घटेको छ ।

कारोबार रकमको आधारमा सबैभन्दा बढी ग्लोबल आईएमई बैंक रहेको छ । बैंकको ६१ करोड १२ लाख २८ हजार ७४६ रुपैयाँको किनबेच भएको छ । कारोबार रकमको आधारमा हेर्दा मेगा बैंकपछि नेपाल बैंक र सूर्य लाइफ इन्स्योरेन्स कम्पनी रहेका छन् ।

एसियन लाइफ इन्स्योरेन्स कम्पनी, प्राइम लाइफ इन्स्योरेन्स कम्पनी, सूर्य लाइफ इन्स्योरेन्स, सृजना फाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले कमाउँदा पाँचथर पावर कम्पनी, कन्चन डेभलपमेन्ट बैंक, सेन्ट्रल फाइनान्स, नबिल इक्वीटी फण्डका लगानीकर्ताले गुमाएका छन् ।

Publish on: