सेयर बजार राताम्ये, करेक्सन की बियरिस ? « Eglish Khabarhub

सेयर बजार राताम्ये, करेक्सन की बियरिस ?



काठमाडौं । सेयर बजारमा भारी गिरावट देखिएन थालेको छ । अघिल्लो सातासम्म दोहोरो अंकको सुधार देखिएको बजारमा गत साताबाट सोही क्रममा गिरावट देखिन थालिएको छ ।
लामो समयदेखि घटेको बजारमा आएको दोहोरो अंकको सुधार, अर्ब भन्दा माथी कारोबार भइरहेको समयमा आएको गिरावटलाई बजारमा करेक्सन भयो भनेर चर्चा गरिएको थियो । तर यो साताको पहिलो दिन आइतबार नै सेयर बजारमा २०.७९ अंकको गिरावट आएर १२७६.६८ बिन्दुमा रोकिएको छ ।
यसले बजारमा करेक्सन सुरु भयो वा पुन बजारः बियरिस ट्रेन्डमा नै जान लागेको त हैन भनेर प्रश्न उठन थालेको लगानीकर्ताहरुको तर्क छ ।  आइतबारको कारोबारमा सबै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ४.१० अंकले घटेर २७४.६२ बिन्दुमा रोकिएको छ ।
१७४ कम्पनीको २६ लाख ६० हजार ३७ कित्ता सेयर ९६ करोड ५० लाख १८ हजार ६६२ रुपैयाँमा किनबेच भएको छ । १२ वटा समूहको कारोबारमा सबैमा रातो लागेको छ । बैंकिङ १८.४५, होटल ३९.८, डेभलपमेन्ट बैंक २१.३१, जलविद्युत १८.९६, निर्जीबन बीमा कम्पनी १५१.७४, जीवन बीमा कम्पनी १२४.९९, माइक्रो फाइनान्स समूहको उपसूचकमा २६.८१ अंकले घटेको छ ।
कारोबार रकमको आधारमा डिप्रोक्स लघुवित्त वित्तीय संस्था अग्रस्थानमा रहेको छ । डिप्रोक्सको ८ करोड २६ लाख ४६ हजार २७० रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा नेपाल लाइफ इन्स्योरेन्स र ग्लोबल आईएमई बैंक रहेका छन् ।
जोशी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी, एनआईबीएल प्रगति फण्ड, एनएमबी माईक्रोफाइनान्स वित्तीय संस्था, खानीखोला हाईड्रोपावर कम्पनीका लगानीकर्ताले कमाउँदा जानकी फाइनान्स, मिथिला लघुवित्त वित्तीय संस्था, रिढी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी, सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएको छ ।

Publish on: