काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले हकप्रद सेयर जारी गर्ने भएको छ । संस्थाले ११ करोड ४१ लाख १४ हजार रुपैयाँ बराबरको ११ लाख ४१ हजार १४० लाख कित्ता हकप्रद सेयर जारी गर्ने भएको हो ।
कम्पनीले यसका लागि रेटिङ गराएको हो । केयरले कम्पनीलाई ग्रेड ४ रेटिङ दिएको छ ।
कम्पनीले १ सय रुपैयाँका दरले हकप्रद सेयर जारी गर्ने प्रस्ताव गरेको हो ।
सिभिल बैंक लिमिटेडको ५१ प्रतिशत सेयर स्वामित्व रहेको कम्पनीमा सिभिल बैंकले ५ करोड ८० लाख रुपैयाँ पूँजी लगानी गरेको छ भने २० करोड ८० लाख रुपैयाँ कर्जा दिएको छ ।
SHARE YOUR THOUGHTS