लगानीकर्ताको ध्यान बीमामा, सेयर बजारमा उछाल « Eglish Khabarhub

लगानीकर्ताको ध्यान बीमामा, सेयर बजारमा उछाल



काठमाडौं । सेयर बजारसँगै कारोबार रकममा पनि धेरै नै सुधार देखिएको छ । साताको अन्तिम ट्रेडिङ बाहेकका सबै समूहको कारोबारमा हरियाली छाउँदा सेयर बजारमा सुधार देखिएको हो । बजारमा देखिएको सुधारले लगानीकर्तामा उत्साह छाएको छ ।

सेयर बजारमा देखिएको सुधारसँगै लगानीकर्ताको ध्यान बीमा कम्पनीतर्फ निकै देखिएको छ । बिहीबारको कारोबारमा निर्जीबन बीमा २२४.६४, जीवन बीमा १६८.६३ अंकले बढ्दा बैंकिङ १८.२५, माइक्रोफाइनान्स समूहको उपसूचकमा १८.६ अंकको बढोत्तरी देखिएको छ ।

नेप्से मापन गर्ने सूचक १९.५१ अंकले बढेर १३२५.३८ बिन्दुमा रोकिएको छ ।
१७८ कम्पनीको ४६ लाख २ हजार १०१ कित्ता सेयर १ अर्ब ९६ करोड ६२ लाख १९ हजार ७४९ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबार रकमको आधारमा सूर्य लाइफ इन्स्योरेन्स कम्पनी, प्राइम लाइफ इन्स्योरेन्स, नेपाल लाइफ इस्योरेन्स, एसियन लाइफ इस्योरेन्स, नेशनल लाइफ इन्स्योरेन्स कम्पनी कारोबार रकमको आधारमा अग्रस्थानमा रहेका छन् ।

बिहीबारको कारोबारमा एभरेष्ट इन्स्योरेन्स, सूर्य लाइफ इन्स्योरेन्स, यूनाइटेड फाइनान्स, हिमालयन जनरल इस्योरेन्सका लगानीकर्ताले कमाउँदा हिमालयन उर्जा विकास कम्पनी, नाडेप लघुवित्त वित्तीय संस्था, गोर्खाज फाइनान्स, कर्णाली डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् ।

Publish on: