काठमाडौं । नेपाल बिद्युत प्राधिकरणले स्याङ्जाको मिर्मीमा नयाँ सबस्टेसन निर्माणगरी सञ्चालनमा ल्याएको छ ।
प्राधिकरणको योजना तथा प्राबिधिक सेवा विभाग अन्तरगतको बिस्तारित विद्युत बितरण आयोजना र बितरण प्रणाली सुदृढीकरण आयोजनाको संयुक्त प्रयासमा उक्त सबस्टेसन निर्माण गरिएको हो ।
कालिगण्डकी जलविद्युत केन्द्रको ड्यामसाईट नजिक रहेको कर्मचारी आवास क्षेत्रको छेउमा साबिकको ईटाली चोकमा रहेको पुरानो जिर्ण सबस्टेसन जहाँ ३३ र ११ केभी १.५ एमभीए क्षमताका दुई वटा पावर ट्रान्सफर्मरबाट लाईन वितरण गरिएको मा उक्तसबस्टेसनको स्तरोन्नती गरी ३३ र ११ केभी, ६ र ८ एमभीएको पावर ट्रान्सफर्मर जडान गरिएको छ । करिब १२ किलोमिटर ११ केभी लाईन समेत निर्माण गरिएको छ ।
२०६८ साल देखी उक्त स्थानमा एशियाली बिकाश बैंकको सहयोगमा सबस्टेसन निर्माण कार्य सुरु गरिएको थियो । उक्त ठेक्का लिएको भारतिय निर्माण कम्पनी अरावली ईन्फ्रा पावर लिमिटेडले निर्धारित समयमा काम सम्पन्न गरेको थिए । जसले गर्दा बाँकी रहेको काम बंगलादेशको ईनर्जी प्याक ईन्जिनियरिङले पुरा गरेको हो ।
हाल उक्त स्थानमा सँचालन गरिएको सबस्टेसन बाट स्याङ्जा को मिर्मी लगायत सेतिबेनी, बिर्घा र गल्याङको केही भाग, गुल्मि जिल्लाको केही भाग, पर्बत जिल्लाको केही भाग लगायत रुरु क्षेत्रमा समेत विद्युत सेवाको गुणस्तरमा सुधार र वितरण प्रणालीमा सहज भई करिब ९ हजार घर धुरीले गुणस्तरिय र भरपर्दाे विद्युत प्रयोग गर्न पाएको स्याङ्जा बितरण केन्द्रका प्रमुख ई. दिलिप मरासिनीले बताए ।
हाल उक्त नयाँ सबस्टेसन बाट बिर्घा र सेतीबेनी फिडर सञ्चालन गरिएको छ भने थप अर्को ११ के.भी फिडरको लागी लाईन बितरण गर्ने संरचना समेत तयारी अवस्थामा राखिएको आयोजनाका सहायक ईन्जिनियर दुर्गा दत्त सुबेदीले बताए ।
उक्त सबस्टेसन निर्माणको क्रममा साबिकको ठेकेदार कम्पनीले प्राधिकरणको स्वामित्वको जग्गामा निर्माणकार्य जारी राखेको समयमा केही स्थानिय बासिन्दा बाट काममा रोकावट भई काम हुन नसकेको जनाएको छ ।
हाल उक्त स्थानमा कालिगण्डकी गाँउपालिका, स्याङ्जा बितरण केन्द्र र कालिगण्डकी जल बिद्युत केन्द्रको समन्वयमा उक्त नो लाईट भबनको बाँकी काम समेत अबको १ महिना भित्रमा सम्पन्न हुने गरी निर्माण कार्यलाई अगाडि बढाईएको आयोजना प्रमुख बोधराज ढकालले बताए ।
SHARE YOUR THOUGHTS