काठमाडौं । पछिल्लो तीनसाता यता सेयर बजारमा सुधारको लक्षण देखिएको छ ।
एक महिनायताको कारोबारको अवस्था हेर्दा जीवन बीमा र निर्जीवन बीमा कम्पनीको सेयर मूल्यमा निकै सुधार देखिएको छ ।
नेप्सेमा सूचीकृत ७ वटा जीवन बीमा र १५ वटा निर्जीवन बीमा कम्पनीका लगानीकर्ताले मनग्य आम्दानी गरेका छन् ।
७ वटा जीवन बीमा कम्पनीमा सबैको आम्दानी राम्रो देखिएको छ । पुस १५ देखि माघ १६ गतेसम्मको कारोबार अवधिलाई हेर्दा सबै कम्पनीको सेयर मूल्यमा सुधार देखिएको छ ।
एक महिनाको अवधिलाई हेर्दा सबै जीवन बीमा कम्पनीको सूचकमा सुधार देखिएको छ । धेरै मूल्य भएका कम्पनी भन्दा पहिला थोरै सेयर मूल्य भएका कम्पनीको सेयर मूल्य बढेको देखिएको छ ।
पुस १५ मा ३७८ रुपैयाँ प्रतिकित्ता रहेको अहिले ५७२ रुपैयाँ पुगेको छ । एसियनको सेयर मूल्य प्रतिकित्ता १९४ रुपैयाँले बढेको छ ।
सात वटा जीवन बीमा कम्पनीमध्ये सबैभन्दा बढी गुराँस लाइफ इन्स्योरेन्सको सेयर मूल्य प्रतिकित्ता २७४ रुपैयाँले बढेर ७४१ रुपैयाँ पुगेको छ । पुस १५ मा ४६७ रुपैयाँ रहेको थियो ।
यस्तै १ महिनाअघि ३६९ रुपैयाँ सेयर मूल्य रहेको प्राइम लाइफ इन्स्योरेन्सको सेयर मूल्य प्रतिकित्ता २०१ रुपैयाँले बढेर ५७० रुपैयाँ पुगेको छ ।
धेरै सेयर मूल्य रहेको कम्पनीको भन्दा पनि थोरै सेयर मूल्य भएका कम्पनीमा लगानीकर्ताको ध्यान गएको देखिएको छ ।
प्रतिकित्ता ११ सय रुपैयाँ रहेको लाइफ इन्स्योरेन्स कम्र्पोरेशनको सेयर मूल्य जम्मा १५० रुपैयाँले बढेर १२५० रुपैयाँ पुगेको छ । यस्तै ९८० रुपैयाँ प्रतिकित्ता रहेको नेपाल लाइफको १५३ रुपैयाँले बढेर ११३३ रुपैयाँ सेयर मूल्य रहेको छ ।
यस्तै १५ वटा सूचीकृत निर्जीबन बीमा कम्पनीमा सबैभन्दा बढी सेयर मूल्य राष्ट्रिय बीमा कम्पनीको रहेको छ ।
कम्पनीको सेयर मूल्य पुस १५ मा ८ हजार ६९० रुपैयाँ रहेकोमा एक महिनाको अवधिमा प्रतिकित्ता ३१५ रुपैयाँले बढेर ९ हजार ५ रुपैयाँ पुगेको छ ।
यस्तै शिखर इन्स्योरेन्सको सेयर मूल्य प्रतिकित्ता २९३ रुपैयाँले बढेर ११४९ रुपैयाँमा पुगेको छ । एक महिनाको अवधिमा प्रुडेन्सियल इन्स्योरेन्सका लगानीकर्ताले पनि २५५ रुपैयाँ कमाएका छन् । ४२५ रुपैयाँ रहेको इन्स्योरेन्सको सेयर मूल्य ६८० रुपैयाँमा पुगेको छ ।
त्यस्तै सगरमाथा इन्स्योरेन्सका लगानीकर्ताले एक महिनामा २१४ रुपैयाँ कमाएका छन् । यो अवधिमा नेकोका लगानीकर्ताले ९२ र प्रभु इन्स्योरेन्सका लगानीकर्ताले एक महिनामा ९५ रुपैयाँ नाफा कमाएका छन् ।
एक महिनाको तथ्याङकलाई हेर्दा सबै कम्पनीको सेयर मूल्यमा सुधार आएको छ । सबै कम्पनीको सेयर मूल्य बढेको छ । सबै कम्पनीका लगानीकर्तले निकै आम्दानी गरेका छन् ।
जीवन बीमा कम्पनी
निर्जीवन बीमा कम्पनी
SHARE YOUR THOUGHTS